प्रचण्ड कति मतले अगाडी ? हेर्नुहोस् पछिल्लो अपडेट
चितवन, २४ मंसिर । चितवन क्षेत्र नम्बर ३ को चर्चा देशभर नै छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को मत परिणाम के होला भनेर देशभित्र र बाहिरबाट निकै चासो दिइएको छ ।

चितवन ३ मा यतिबेला प्रचण्ड १७ हजार १६१ मतका साथ सबैभन्दा अघि छन् । उनलाई राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्ष एवम् वन तथा भु–संरक्षण मन्त्री विक्रम पाण्डेले १२ हजार ७७२ मतका साथ पछ्याइरहेका छन् । प्रचण्ड ४ हजार ३८९ मतले अघि छन् । हालसम्म ४० हजार मत गणना भएको छ । मत गणना कार्य जारी रहेको छ ।


