कांग्रेसका युवा नेता प्रदीप पौडेल प्रदेशसभा सदस्यमा ५ मतले पराजित
काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल प्रदेशसभा सदस्यमा ५ मतले पराजित भएका छन् ।

तनहुँ क्षेत्र नम्बर २ को प्रदेश ‘क’ मा लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका पौडेलले १६ हजार ६४१ पाए ।
उनका प्रतिस्पर्धी माओवादी नेतृ तथा विना विभागीय मन्त्री आशा कोइरालाले १६ हजार ६४६ मत ल्याएर विजयी भइन् ।


