काँग्रेसका युवा नेता प्रदीप पौडेलद्वारा पुनः मतदानको माग

दमौली, तनहुँ, २४ मंसिर । नेपाली काँग्रेसका युवा नेता एवं तनहुँ क्षेत्र नं २ का प्रदेशसभा १ का उम्मेद्ववार प्रदीप पौडेलले पुनःमतदानको माग गर्नुभएको छ ।

माझिलाङ, सागे नेपालटार, जन जौकुमारी, मीन मावि र उदयमावि केन्द्रको मतगणनामा कूल दुई हजार ३२८ मत हुनुपर्नेमा बढी ४२ मत भेटिएपछि फर्जी मत हालिएको भन्दै पौडेलले पुनः मतदानको माग गर्नुभएको हो । मुचुल्का गरिएको भन्दा बढी मत देखिएकोे उहाँले बताउनुभयो ।

सोही मतगणनाबमोजिम बिना विभागीय मन्त्री एवं माओवादी प्रदेशसभाकी उम्मेदवार आशा कोइराला पाँच मतले विजयी भएपछि पौडेलले उक्त परिणाम आफूले स्वीकार नगर्ने जानकारी दिनुभयो ।

“फर्जी मत हालिएकाले सो परिणाम मैले स्वीकार गर्ने कुरै हुदैन पौडेलले भन्नुभयो” निर्वाचन अधिकृत समक्ष ती केन्द्रमा पुन ः मतदान हुनुपर्ने माग राख्दै निवेदन दिएको उहाँले बताउनुभयो ।

कोइरालाले १६ हजार ६४६ मत पाएर विजयी हुनुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी पौडेलले पाँच मत कम १६ हजार ६४१ मत पाउनुभएको थियो । पौडेलका सर्मथकले पुनःमतदानको माग गर्दै दमौली बजारमा नारावाजी गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।