खुशी साट्न ओली भोली झापा जाने, पर्सी मात्र फर्कने

काठमाडौं,मंसिर २४ । भोलि सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली झापाको विजयी सभामा भाग लिन जादैछन् ।

प्रतिनिधि सभाका लागि झापा क्षेत्र नम्ब–५ मा लोकतान्त्रिक गठबन्धनबाट उम्मेद्वार बनेका काँग्रेसका उम्मेद्वार खगेन्द्र अधिकारीलाई भारी मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् । प्रतिनिधिसभाका ५ र प्रदेश सभाका १० निर्वाचन क्षेत्रमा आफू अनुकूलको नजिता आएपछि ओली भोलि विजयी सभामा सहभागी हुन गृह जिल्ला झापा जाँदैछन्।

एक रात झापाका बिताउने कार्यतालिका बनाएर गृह जिल्ला जान लागेको प्रेस संयोजक चेतन अधिकारीले जानकारी गराए । अधिकारीका अनुसार ओलीले सोमबार दिन भर विजय सभामा सहभागी हुने कार्यक्रम रहेको छ। बिहान भद्रपुर बिमानस्थलमा अवतरण भएर झापाका सवै निर्वाचन क्षेत्रमा खुसियाली मनाउन उनी पुग्ने भएका छन् ।

झापा– १ मा माओवादी केन्द्रका केन्द्रीय सदस्य सुरेन्द्रकुमार कार्की विजयी भएका छन् भने २ र ४ मा पनि बाम गठबन्धनले नै जित हासिल गरेको छ । उता, क्षेत्र नम्बर ३ मा भने वाम गठबन्धनको सहयोगमा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन निर्वाचित बनेका छन्। देशैभरी कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनसँग साझेदारी गरेको राप्रपाले भने झापामा वाम गठबन्धनसँग साथ लिएको हो। एक प्रतिनिधिसभामा वाम गठबन्धनको साथ पाएको राप्रपाले अन्य क्षेत्रमा भने वाम गठबन्धनका उम्मेदवारलाई जिताउन सघाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।