भविश्वरलाई हराउँदै विपी कोइराला पुत्र शशांक कोइरालाको ह्याट्रिक पूरा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला नवलपरासीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

नवलपरासी बर्दघाट सुस्ता पूर्व क्षेत्र १ बाट उम्मेदवार बनेका कोइरालाले ३६ हजार ६ सय ५२ मत ल्याए ।
कोइरालाका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका भविश्वर पराजुलीले ३२ हजार ३ सय ८ मत मात्र प्राप्त गरे।
शशांक कोइराला विपी कोइरालाका पुत्र हुन् । २०६४ सालको चुनाव र २०७० सालको चुनावमा उनी नवलपरासीबाट सांसद बनेका थिए ।


