एमाले ले अत्याचार गरेको भन्दै कांग्रेस युवा नेता प्रदिप पौडेलको आयो यस्तो कडा चेतावनी सहितको सन्देश !

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता एवं तनुहँ क्षेत्र नं २ अन्तर्गत प्रदेश सभा क का उम्मेदवार प्रदीप पौडेलले आफू लोकन्त्रान्त्रिक पद्धतिका लागि संघर्ष गरेको व्यक्ति भएको भन्दै अन्यायपूर्ण, धाँधली र फर्जी मतलाई स्वीकार्न नसक्ने स्पष्ट पारेका छन् ।

मतगणनाका क्रममा फर्जी मतका कारण ५ भोटले हार्न वाध्य पारिएको भन्दै उनले यो प्रक्रिया नस्वीकार्ने बताएका छन् । उनले ३७ मतले जितेको उम्मेदवारलाई ४२ मत फर्जी थपेर उल्टै पाँच मतले हराइएको भन्दै यसलाई स्वीकार्न नसकिने बताएका हुन् ।

यस्तो छ उनको फेसबुकबाट दिएको सन्देश–
‘म अनवरत लोकतन्त्रका लागि सर्घष गरेको ब्यक्ति हुँ । पहिलो भोट ल्याउने प्रतिनिधि बन्ने लोक्तान्त्रिक पद्दतिको लागि सर्घष गरेको पार्टीको कार्यकर्ताको नाताले स्वाभाबिक परिणामलाई सहर्ष स्वीकार गरिन्छ तर अन्यायपुर्ण, धाँधली र फर्जी मतलाइ स्वीकार गर्न सकिन्न । जनमत बिपरितको परिणामलाई जबरजस्ती स्वीकार गर भन्नू अलोकतान्त्रिक मान्यता हो। तनहुँ क्षेत्र नं २ अन्तर्गत १ नं प्रदेशको मतगणनाको अन्तिम ५ मतपेटिकाहरु (अमरज्योति आबि ग्यारसिंघ ३७६,ब्यास ५ जनजुक्त शाही मा बि (क) केन्द्रमा ५४२ , म्याग्दे गा पा जनजौकुमारी शाही आ बि (क) वार्ड नं ७ को ४८७, ब्यास ५ उदय मा।बि ठुलोटार (ख) ३९६ , म्याग्दे गा।पा वार्ड नं ४ स्थित मीन मा बि (ख) मा ५२७) भएका मतपत्रहरुको जम्मा संख्या २३२८ भएको मतदान केन्द्रको मुचुल्का र मतगणनाको सुरुवातको मुचुल्कामा प्रष्ट छ तर मतगणना हुँदै गर्दा ति ५ बाकसहरुको मतसंख्या २३७० देखियो । ४२ फर्जी मत थप गरि ३७ मतले जितेको उमेदवारलाई ५ मतले पराजित भनेर घोषणा गर्नु लोकतान्त्रिक मुल्य मान्यता माथिको चरम आक्रमण हो। प्रष्ट ४२ फर्जी मत देखिँदा पनि त्यसलाई बेवास्ता गरि जबर्जस्ति निर्वाचन परिणाम भनी घोषणा गर्नु अत्यन्त निरकृष्ट र अन्यायपुर्ण छ । ‘अन्याय सहनुहुन्न’ भन्ने मान्यतालाई आत्मसाथ गर्दै पार्टीका ‘नेता–कार्यकर्ता’, शुभेच्छुक सबैसगँ परामर्श गरि अगाडि बढ्ने जानकारी गराँउदछु।
जयनेपाल।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।