उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई झण्डै ५ हजार मतले पछाडि पार्दै पद्मा अर्याल

स्याङ्जा, २६ मंसिर । विवादको कारण ढिलो गरेर गणना हुन लागेको स्याङजामा एमालेकी पद्मा अर्यालले उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई ४६ सय मतले पछि पारेकी छन् ।

अहिलेसम्मको मतगणनामा अर्यालले २१००४ मत ल्याएकी छन् भने गोपालमान श्रेष्ठले १६३५५ मत ल्याएका छन् । अर्यालभन्दा श्रेष्ठ ४ हजार ६ सय भन्दा बढी मतले पछाडि छन् । मत गणनाको सुरुदेखिनै अघि रहेकी अर्यालले मतान्तर बढाउदै लगेपछि कांग्रेसमा अब जित्ने आशा हराउदै गएको छ ।

स्याङजाका प्रतिनिधिसभाका दुबै क्षेत्रमा एमालेको अग्रता कायमै छ । यो मत परिणामले स्याङजाका दुबै क्षेत्रको सबै सिट एमालेको पोल्टामा जाने देखिएको छ । त्यस्तै क्षेत्र नम्बर १ मा एमालेका नारायण मरासिनी कांग्रेसका राजु थापालाई पाँचहजार मतले उछिन्दै अघि छन् ।

मरासिनीले २३ हजार सातसय मत ल्याउदा थापाले १८ हजार पाँचसय मत ल्याएका छन् । यसरी पाँचहजार मतको अन्तरले राजुलाई मरासिनीले अग्रता लिएकाछन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖