सुनसरी- ३ मा रोकिएको मतगणना तत्काल सुरु गर्न निर्वाचन आयोगको निर्देशन

सुनसरी,मंसिर २६ गते । हिजोबाट स्थागीत भएको सुनसरी क्षेत्र नं. ३ को मतगणना तत्काल शुरु गर्नु निर्वाचनआयोगले निर्देशन दिएको छ । अर्धकट्टी सहित भेटिएको नौ वटा मतपत्र यथावत राखेर मतगणना शुरु गर्न आयोगले निर्देशन दिएको हो ।

अहिले मतगणना शुरु गर्ने अन्तिम तयारी भएको छ । मतगणना भइरहेको स्थालमा बाम गठबन्धन बाहेकका उम्मेद्वारका प्रतिनीधिहरु प्रवेश गरिसकेका छन् । बाम गठबन्धनको अहिले एमाले पार्टी कार्यालय सुनसरीमा बैठक बसिरकेको छ । मतगणना स्थलमा अहिले ठूलोमात्रामा प्रहरी परिचालन गरिएको छ ।

सोमबार मतगणना स्थलमा दुवै तर्फबाट झडप हुने सम्भावना बढेपछि प्रहरी परिचालन गरिएको थियो । मतगणनाका क्रममा नौ वटा अर्धकट्टी सहितका नौ वटा मत पत्र भेटिएपछि विवाद भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।