लमजुङका ६ राजनीतिक दल जसले १ भोट पनि पाएनन्

बेँसीशहर, मंसिर २९ । लमजुङबाट ६ वटा राजनीतिक दलले शून्य मत पाएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फका ६ राजनीतिक दलले शून्य मत पाएका हुन् ।

मतपरिणामअनुसार प्रतिनिधिसभातर्फ नेपाल दलित पार्टी, हाम्रो पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल सुकुम्बासी पार्टी (लोकतान्त्रिक) र एकल चिह्न सिपाही लिएका पार्टीले शून्य मत प्राप्त गरेका हुन् ।

यसैगरी, प्रदेशसभा ‘ख’ तर्फ देशभक्त जनगणतान्त्रिक मोर्चा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले शून्य मत प्राप्त गरेका हुन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रतिनिधिसभा र प्रदेशसभा ‘ख’ दुवैमा मत पाएको छैन ।

प्रदेशसभा ‘क’ तर्फ भने शून्य मत पाउने दल नरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभातर्फ ४९ राजनीतिक दल रहेकामा एक मत पाउने सात दल, दुई मत पाउने ६ दल र सोबाहेक १० भन्दा कम पाउने नौ दल रहेका छन् ।

यस्तै प्रदेशसभा ‘क’ तर्फ १० भन्दा कम मत पाउने ६ दल रहेका छन् भने प्रदेशसभा ‘ख’ तर्फ शून्यबाहेक १० भन्दा कम मत पाउने चार दल रहेका छन् ।

निर्वाचनमा प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फ २० दल रहेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।