उपेन्द्र यादव एमालेसँग एकतामा जाने !

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरसँग पार्टी एकताको लागि प्रस्ताव गरेका छन् । उनले ठाकुरसँग अब दुई पार्टी मिलेर जानुको विकल्प नभएको भन्दै यस्तो प्रस्ताव गरेका हुन् ।

पत्रकार ऋषि धमलासँगको कुराकानीमा अध्यक्ष यादवले पार्टी एकताको लागि आफू पूर्ण तयारी अवस्थामा रहेको भन्दै यस्तो खुलासा गरेका छन् । २ नम्बर प्रदेशमा आफूहरुलाई जनताले अध्यधिक विश्वास गरेकोले यहाँको समृद्धिको लागि अब आफूहरुले काम गर्ने उनको भनाई थियो ।

त्यस्तै उनले राजपा नेपालसँग पार्टी एकता हुन नसके एमालेसँग एकतामा जाने समेत खुलासा गरेका छन् । उनले थपे,‘हाम्रो हर कोशिस भनेको नै राजपा नेपालसँग एकता गर्ने नै हो, मधेशी जनताले दुई पार्टीलाई मिल्नको लागि जनादेश दिएका छन्, यदि भएन भने हामी एमालेसँग सहकार्य गरेर जान्छौं।’

उनले थपे,‘मधेशको अधिकारको लागि यहाँका जनताले हामीलाई जिताएका हन् । प्रदेशमा हाम्रो सरकार बन्छ, अब विकास हामी गर्छौ, मधेशमा विकासको लहर आउँछ।’ उनले मधेशमा आफ्नो पार्टीको नेता मुख्यमन्त्री बन्ने पनि जिकिर गरे । उनले थपे,‘२ नम्ब प्रदेशमा सबैभन्दा ठूलो दल हामी हौं, त्यसैले सरकार हामी बनाउँछौं।’

त्यस्तै उनले आफूहरुको कारण कांग्रेसले मधेशमा धेरै ठाउँमा चुनाव जितेको पनि दाबी गरे । उनले थपे,‘मैले ज्ञानेन्द्र बहादुर कार्कीलाई जिताएको हुँ, सुनसरीमा हाम्रो प्रभावको कारणले उहाँले चुनाव जित्नु भयो, तर कांग्रेसले तालमेल गर्न चाहेको थिएन ।’

अध्यक्ष यादवले एमाले–माओवादी केन्द्रको वाम गठबन्धनले प्रस्ताव गरे अब बन्ने सरकारमा समेत सहभागी हुने जनाए । उनले थपे,‘उहाँहरुले प्रस्ताव गर्नुभएको छैन, यदि गर्नुभयो भने हामी यसबारेमा सकारात्मक छौं, सरकारमा जान्छौं।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।