ओली प्रधानमन्त्री बन्ने पक्का-पक्की भएपछि एमालेभित्रै मन्त्रीको ‘लविङ’ !, को–को छन् दौडमा ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने पक्का पक्की भएपछि एमालेभित्रका नेताहरु मन्त्रीको दौड सुरु गरेका छन् । मन्त्री बन्न शिर्ष नेताहरुको घरमा धाउन थालेका छन् । प्रत्यक्षमा निर्वाचित धेरै सांसदहरु पार्टी अध्यक्ष ओली निवासदेखि वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालको निवासमा पुग्न थालेका छन् ।

एमालेका शिर्ष नेताहरुले पनि मन्त्री बनाउने सांसदहरुको लेखाजोखा गरिरहेका छन् । अध्यक्ष ओलीको पहिलो एमाले सचिव प्रदीप ज्ञवाली रहेका छन् । उनलाई अर्थमन्त्री बनाउने योजना ओलीले बनाएका छन् भने पार्टीका प्रभावशाली सचिव योगेश भट्राईलाई सञ्चारमन्त्री बनाउने तयारी थालेका छन् ।

माओवादीसँग कुन कुन मन्त्रालय लिने बिषयमा पूर्णसहमति भइनसकेपनि अध्यक्ष ओलीले युवा नेताहरुलाई आफैसँग सरकारमा लिने योजना बनाएका छन् । महासचिव इश्वर पोखरेलपनि उपप्रधानमन्त्रीसहित सरकारमा जाने इच्छा पार्टीभित्र देखाएका छन् । तर अध्यक्ष ओली भने अध्यक्ष र महासचिव एकै पटक सरकारमा जान नहुँने पक्षमा छन् । एमालेभित्र सवैभन्दा कममन्त्री हुनेमा महासचिव पोखरेल पर्दछन् । डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा केही दिनलाई मात्र मन्त्री बनेका थिए ।

एमाले अध्यक्ष ओली र बरिष्ठ नेता माधव नेपाल क्षेत्र, समुदाय समेटने गरी मन्त्री बनाउने पक्षमा छन् । जनजातीवाट शेरवहादुर तामाङलाई मन्त्री वनाउन दुवै नेता सहमत भएको स्रोतले बताएको छ । लोकतान्त्रिक शक्तिका पुराना नेता पशुपति समसेर राणालाई दुई पटक पराजित गरेका तामाङ यसपटक मन्त्री बन्ने लगभग निश्चित छ ।

मधेशी कोटाबाट रघुविर महासेठ, दलितवाट छविलाल बिश्वकर्मा, महिलावाट पद्मा अर्याल, र अघिल्लो सरकारमा राम्रो छवि बनाएका लालवावु पण्डितलाई मन्त्री वनाउने योजना एमाले शिर्ष नेताहरुले गरेका छन् । उपाध्यक्ष वामदेव गौतमले बर्दियावाट पराजय भोगेका कारण उनको कोटावाट रविन्द्र अधिकारीलाई मन्त्री बन्न सक्नेछन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।