संघीय संसदविना वाम-गठबन्धनले सरकार बनाउँछु भन्नु बिहे नगरी बच्चा जन्माउछु भनेजस्तै : नेता सिंह

काठमाडौं । संघीय संसदविना वाम गठबन्धनले सरकार बनाउँछु भन्नु बिहे नगरी बच्चा जन्माउछु भनेजस्तै भएको नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले टिप्पणी गरेका छन् । कांग्रेस सरकारमा रहिरहन नचाहेको भन्दै उनले कानुनी प्रक्रिया पुर्‍याएर सत्ता हस्तान्तरण गर्न आतुर रहेको उनले बताए ।

बुधबार बिहान काठमाडौं क्षेत्र नम्बर १ मा आयोजित कार्यक्रममा नेता सिंहले प्रदेश र प्रतिनिधिसभा चुनाव अगाडि नै सरकारले पेश गरेको अध्यादेश प्रमाणिकरण गरेर राष्ट्रपतिले राजनीतिक निकासको वातावरण बनाइदिनुपर्नेमा जोड दिए ।

उनले भने, ‘राष्ट्रिय सभाको अध्यादेश निर्वाचन अगाडि लगेको हो । त्यसलाई राष्ट्रपतिले जारी गर्नेवित्तिकै एउटा निकास निस्कन्छ ।’ साथै ‘सत्तामा जाने दलहरूले कांग्रेसलाई सत्ताको चार्ज लगाएका छन् । यो सबै गलत हो,’

सरकारमा विनाविभागीय मन्त्री बनेर बसेको माओवादीले नै कांग्रेसलाई नैतिकताको पाठ पढाएको भन्दै सिंहले आश्चर्य व्यक्त गरे । ‘सरकारमा विनाविभागीय मन्त्री छन् । चुनावमा जित्न पाएपछि नैतिकता र जिम्मेवारी नै भुल्छन् । त्यस्ता दलले कांग्रेसलाई नैतिकता सिकाउँछन्,’ उनले भने, ‘कांग्रेस सत्तामा बसिरहन चाहेको छैन ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।