केपी ओलीले उपेन्द्र यादवलाई फोन गरेर तुरुन्त काठमाडौं बोलाए, यस्तो छ कारण…

काठमाण्डौ, ५ पुष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादववीच आज फोनवार्ता भएको छ ।

बुधबार दुई नेताहरुवीच टेलिफोनमा वार्ता भएको हो। एमाले अध्यक्ष ओलीले यादवलाई फोन गरेर तुरुन्त काठमाडौं बोलाएका छन् । यी दुई नेताहरुवीचको वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सरकार निर्माण गर्ने तयारीमा जुटेका अध्यक्ष ओलीले यादवलाई काठमाडौं बोलाएर नयाँ सरकारको स्टेकहोल्डर बनाउने तयारी गर्ने स्रोतको दाबी छ । वाम गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रका नेताहरुसँग पार्टी एकता र सरकार गठनबारे छलफल चलिरहेको छ । राजपासंग पार्टी एकिकरण नभए एमालेसंग एकिकरण गर्ने सार्वजनिक अभिब्यक्ति यादवले दिएका छन् ।

फोन वार्ताको क्रममा अध्यक्ष यादवले आफू काठमाडौं छिट्टै आउने र भेट्ने वचन अध्यक्ष ओलीलाई दिएको स्रोतको दाबी छ ।

प्रदेश २ मा वाम गठबन्धन भन्दा राजपा र संघीय समाजवादी फोरमले सरकार बनाउने सम्भावना बढी छ । प्रदेश नम्बर २ का ६४ सिटमा फोरम र राजपाले २० र १५ सिट जितेका छन्। समानुपातिकमा राजपा दोस्रो भएको छ भने फोरम तेस्रो स्थानमा छ। प्रतिनिधि सभामा राजपा ११ सिट जितेको छ भने फोरम १० सिटमा विजयी भएको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।