मागी विवाह भएको ४० दिनपछि पतिले कुमारीत्व परीक्षण गर्न दबाब दिएपछि १८ बर्षिया पत्नीले गरिन आत्महत्या !

मागी विवाह भएको ४० दिनपछि पहिलोपटक भेटेका आफ्नै पतिले कुमारीत्व परीक्षण गर्न दबाब दिएपछि एक १८ वर्षीया महिलाले आत्महत्या गरेकी छन् ।

ताजकिस्तानकी १८ वर्षीया रजाब्बी खुर्शेदले आफ्नै पति २४ वर्षीय जफर पिरोभलाई मागी विवाह भएको ४० दिनपछि पहिलोपटक भेटेकी थिइन् ।तर, भेटमा जफरले पुनः कुमारीत्व परीक्षण गर्नुपर्ने अन्यथा दोस्रो विवाह गर्ने दबाब दिएपछि रजाब्बीले अत्याधिक धेरै ‘भिनेगर’ पिएर अत्महत्या गरेकी ‘डेलिमेल’ले उल्लेख गरेको छ ।

आफ्नै श्रीमतीलाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा अहिले जफरलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । रजाब्बीको मृत्युपछि सरकारी पोस्टमार्टममा उनको कौमार्यसमेत परीक्षण गरिएको थियो।

दुई चरणको कौमार्य परीक्षणमा रजाब्बीको शरीर सफल भएपनि यी दुबै परीक्षणलाई जफरले विश्वास गरेका छैनन् ।रेडियो फ्रि युरोप’काअनुसार रजाब्बीको परिवारले उनका छोरीलाई विवाहपश्चात् जफरले दोस्रो विवाह गर्नका लागि निकै दबाब दिएको बताएका थिए ।

तर, यस तथ्यलाई नर्कादै जफर भन्छन्–‘मेरो श्रीमतीले मलाई दोस्रो विवाहको लागि लिखित अनुमति दिएकी थिइन् । किनभने उनी कुमारी थिइनन् र उनको अरुसँगै सम्बन्ध रहिसकेको थियो ।’रजाब्बीकी आमा फजिला मिर्जाेइभाले भनिन्–‘मेरी छोरी बदनामी र हिंसाको शिकार भएकी छन् । मैले राष्ट्रपति इमोली रहमोनसँग मद्दतका लागि अनुरोध गरेकी छु ।’

उनले रजाब्बीको कोही केटासंँग यौनसम्बन्ध नभएको दाबी गर्दै भनिन्– ‘रजाब्बीले सधैं आफ्ना दुई अपांग दाइलाई हेरचाह गर्ने गर्थिन् ।’जफरले यदि आफ्नी श्रीमतीलाई आत्महत्या गर्न बाध्य पारेको प्रमाणित भए उनलाई ८ वर्षको जेल सजाय हुने प्रहरीले बताएको छ ।

ताजकिस्तानमा विवाहअघि हुनेवाली श्रीमतीको कुमारीत्व परीक्षणलाई धार्मिक तथा सामाजिक चलनअनुसार सामान्य मानिन्छ । तर, सन् २०१५ यता सरकारले केटीकोमात्र नभइ केटाकोेसमेत विवाहअघि अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्ने नियम ल्याएको छ ।
यसैको गलत फाइदा उठाएर युवतीहरुलाई शुद्धता परीक्षणको नाममा कुमारीत्व परीक्षण गरिन्छ ।

विवाहअगाडि रजाब्बीले पनि कुमारीत्व परीक्षण गरेको मेडिकल रिपोर्ट जफरलाई देखाइएकी थिइन् । उक्त रिपोर्टमा रजाब्बी कुमारीत्व परीक्षणमा सफल भएकी थिइन् ।

तर, विवाहपछि जफरले अर्को विवाहका लागि जर्बजस्ती रजाब्बीलाई पुनः परीक्षण गर्न दबाब दिएको बताइएको छ ।ताजकिस्तानको सर्वोच्च अदालतमा सन् २०१४ देखि हालसम्म महिलाको कुमारीत्व परीक्षणसम्बन्धी ६०० मुद्दाहरु फैसला भएको बताइन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।