किसुनजीले देखाएको बाटो काँग्रेसले भुल्दै गयो : नेता सिंह

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपाली काँग्रेसका संस्थापक नेता स्व कृष्णप्रसाद भट्टराई (किसुनजी)ले देखाएको बाटो काँग्रेसले भुल्दै गएको बताउनुभएको छ ।

किसुनजी अध्ययन केन्द्रले स्व कृष्णप्रसाद भट्टराईको ९४औँ जन्मजयन्तीका अवसरमा आज आयोजित ‘किसुनजी र अबको काँग्रेस’ विषयक विचार गोष्ठीमा नेता सिंहले पार्टीलाई बलियो बनाएर किसुनजीले देखाएको बाटोमा हिँडे मात्र किसुनजीप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुभयो । “काँग्रेसले किसुनजीको योगदानबाट पाठ सिक्नुपर्छ”– उहाँले भन्नुभयो ।

उहाँले स्व भट्टराईले नेपाली राजनीतिमा गरेको त्याग र संघर्षलाई आम जनतामाझ पु¥याउनु जरुरी रहेको बताउनुभयो ।

काँग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरीले किसुनजीको राजनीतिक जीवनबाट काँग्रेसले धेरै पाठ सिक्नुपर्ने बताउनुभयो । “किसुनजीको आदर्श अहिलेको समयमा पनि उत्तिकै सान्दर्भिक छ”– उहाँले भन्नुभयो ।

उहाँले किसुनजी पार्टीभित्र सबैलाई मिलाएर लैजानसक्ने क्षमतावान् नेताका रुपमा रहेको स्मरण गर्दैै आफू हारेर पनि पार्टीलाई सधैँ बलियो बनाउने प्रयत्नमा लाग्ने नेता भट्टराई भएको चर्चा गर्नुभयो ।

काँग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले किसुनजीको निष्ठा, त्याग र योगदानका बारेमा भावी पुस्ताले अध्ययन गर्नुपर्ने बताउनुभयो ।

काँग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले किसुनजीले नेपाली राजनीतिमा गरेका योगदानलाई भावी पुस्तासम्म पु¥याउन अध्ययन केन्द्रले महत्वपूर्ण काम गर्नुपर्ने सुझाव दिनुभयो । अध्ययन केन्द्रका अध्यक्ष अविनाश सिलवाल, काठमाडौँ क्षेत्र नं ४ (क) का नवनिर्वाचित प्रदेशसभा सांसद नरोत्तम वैद्य, नेविसंघ पूर्वमहामन्त्री प्रतिमा गौतम, नेविसंघ पूर्वउपाध्यक्ष प्रमोदहरि गुरागाईंले काँग्रेसले नाता र दाताले प्रभावित गर्ने राजनीतिलाई छाडेर किसुनजीले देखाएको बाटोमा हिँड्नुपर्नेमा जोड दिनुभयो ।

पछिल्लो समयमा राजनीतिमा विकृति देखा पर्दै गएकाले वैचारिक अभियानका रुपमा अगाडि बढाउनका लागि स्व कृष्णप्रसाद भट्टराईको स्मृतिमा यो केन्द्रको स्थापना गरिएको सचिव राजकुमार गुरुङले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖