‘नेतृत्व परिवर्तन गर्नुपर्ने’ गगन थापाको आवाजमा विश्वप्रकाश शर्माको विरोध !

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माले अहिलेका अवस्थामा कांग्रेसको नेतृत्व परिवर्तन असान्दर्भिक भएको बताएका छन् । गगन थापा, नवीन्द्रराज जोशी र प्रदीप पौडेल लगायतका युवाले विशेष अधिवेशन बोलाएर नेतृत्व परिवर्तन गर्नुपर्ने आवाज उठाइरहेका बेला शर्माले नेतृत्व परिवर्तनको खुलेर विरोध गरेका छन् ।

सभापति शेरबहादुर देउवाको असक्षम नेतृत्वका कारण पार्टीले लज्जास्पद हार बेहोरेको एकथरी नेताले आरोप लगाइरहेका बेला विश्वप्रकाश भने त्यसको विपक्षमा उभिएका हुन् । मंसिर १० र २१ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फ कांग्रेसले कुल १६५ सिटमा २३ सिट मात्र जितेको छ ।

अन्नपूर्ण पोस्ट् डटकमसँग कुराकानी गर्दै युवा नेता शर्माले निर्वाचनमा पराजित भएको अवस्थामा नेतृत्व परिवर्तन भन्दा पार्टीलाई आधुनिक बनाउन जरुरी रहेको बताए । उनले भने, ‘अहिले नेतृत्व परिवर्तन गर्न जरुरी छैन ।’

कांग्रेसलाई पुर्नजीवित गर्न देश दौडाहामा निस्किएका युवा नेता शर्माले समानुपातिकको मत परिणाम आएपछि केन्द्रीय समितिको बैठक बसेर गम्भीर समिक्षा गरिने बताए । उनले पार्टीको पराजयमा आन्तरिक र बाह्य कारण रहेको बताउँदै सभापति देउवा, वरिष्ठ नेता पौडेलदेखि आफू स्वयम् पनि उत्तिकै जिम्मेवार रहेको बताए ।

‘हामी सबै दोषी छौँ, कसैले कसैलाई आरोप लगाएर कोही पन्छन सक्दै सक्दैनौँ’, उनले भने, ‘सबैले धेरथोर जिम्मेवारी लिनुपर्छ’, उनले भने ।

शर्माले कांग्रेसले मुलुकको परिवर्तनमा खेलेको भूमिका जनता बुझाउन नसक्नु कमजोरी भएको बताए । शान्ति प्रक्रिया, संविधान निर्माण र मधेस मुद्दामा कांग्रेसले गरेको निर्णायक भूमिका ‘क्यास’ गर्न नसक्नु हारको एउटा कारण रहेको उनले बताए ।

शर्माले निर्वाचनको मुखका अप्रत्यासित एमाले र माओवादीको गठबन्धन हुनुले गणितीय रुपमै कांग्रेस कामजोर भएको बताए । शर्माले अब कांग्रेसको भूमिका प्रमुख प्रतिपक्षका रुपमा हुने पनि प्रष्टोक्ति दिए ।

युवा नेता शर्माले संगठनात्मक स्वरुपमा परिवर्तन गरी आधुनिक कांग्रेसमा रुपान्तरण गर्ने ऐतिहासिक अवसरको रुपमा आफूले लिएको बताए । उनले भने, ‘यो कांग्रेसको लागि ऐतिहासिक मोड हो, अब हामी बदलिन्छौ र कांग्रेसलाई बदल्छौ भन्नेमा लाग्नुपर्छ ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।