अध्यक्ष प्रचण्डले के गरे त्यस्तो जसका कारण प्रचण्डको हात काट्ने धम्की सहित सडकमा उत्रियो फोरम ?

संघीय समाजवादी फोरम नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मंगलबार वीरगन्जमा प्रदर्शन गरेको छ ।

प्रचण्डले पर्साको ठोरीलाई प्रदेश नम्बर–३ मा गाच्ने अभिव्यक्ति दिएको भन्दै विरोधमा संघीय फोरमले प्रदर्शन गरेको हो । चितवन–३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित प्रचण्डले ठोरीमा मंगलबार भएको सभालाई सम्बोधन गर्दै माडीसँगै जोडिएको विकट ठोरीलाई प्रशासनिक सुगमतालाई मध्यनजर गर्दै प्रदेश–३ मा गाभ्न सकिने विचार व्यक्त गरेका थिए ।

भारतसँग सीमा जोडिएको ठोरी पर्सा जिल्लामा पर्ने भए पनि चितवन भएर जानुपर्छ । विरोधपघि घण्टाघर चोकमा भएको सभालाई सम्बोधन गर्दै फोरमका पर्सा उपाध्यक्ष सुन्दर कुर्मीले ठोरीलाई प्रदेश–२ बाट अलग गरेर ३ मा गाभ्ने अभिव्यक्ति दिनेको हाट काटिदिने धम्की दिए ।

उनले ठोरीलाई प्रदेश तीनमा भाग्ने अभिव्यक्तिले प्रचण्ड मधेसविरोधी प्रमाणित गरेको आरोप लगाए । प्रचण्डले अभिव्यक्ति नसच्याए माओवादी कार्यकर्तालाई भोलि (बुधबार)देखि वीरगन्जको भूमिका टेक्न नदिने चेतावनीसमेत दिए । तर, ठोरीकै जनता भने विगत लामो समयदेखि चितवनमा गाभिनुपर्ने माग गर्दै आन्दोलनमा छन् । साविकको ठोरी, निर्मलवस्ती र सुर्वणपुर गाविस मिलाएर हाल ठोरी गाउँपालिका बनेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।