कांग्रेसलाई ब्यङ्ग गर्दै ओलीले हसाउनु हँसाए !, के भने ? – हेर्नुहोस् भिडियो

काठमाडौँ, १४ पुस । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा पराजित हुँदा पनि नेपाली काँग्रेस नेतृत्वले सरकार नछाडेको बताउनुभएको छ । पार्टी कार्यालय धूम्रबाराहीमा शहीद हरि नेपाल र चन्द्र पुरीको ३८ औँ स्मृतिसभामा आयोजित कार्यक्रममा उहाँले निर्वाचनमा पराजित भएपछि स्वाभाविक रुपमा सरकार छाड्नुपर्ने भए तापनि काँग्रेसले अझै सरकार नछाडेको बताउनुभयो । उहाँले वाम एकताबाट कम्युनिष्ट आन्दोलनले अभूतपूर्व सफलता प्राप्त गर्ने बताउँदै उपलब्धिलाई उपयोग गरेर मुलुकलाई समृद्धितर्फ लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा एमाले अनुशासन आयोगका अध्यक्ष अमृतकुमार वोहराले शहीदले देखाएको बाटामा जान आह्वान गर्नुभयो । ताप्लेजुङका नेपाल र संखुवासभाका पुरीलाई २०३६ सालमा आजैका दिन पञ्चायती सरकारले घर घेरी आक्रमण गरेर संखुवासभाको सिवुवा सावुन भन्ने ठाउँमा हत्या गरेको थियो । नेपाल तत्कालीन समयमा नेकपा(माले)कञ्चनजंघा कमिटीको सचिव हुनुहुन्थ्यो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।