संसारलाई चकित पार्दै चीनले बनायो विश्वकै पहिलो सोलार राजमार्ग, के छ यसको विशेषता ? (भिडियो सहित)

बेइजिङ । चीनले विश्वकै पहिलो सोलार राजमार्ग बनाएको छ । एक किलोमीटर लामो यो राजमार्गले बिजुली उत्पादन गर्नेछ । चिसो मौसममा पनि यो राजमार्गले यहाँ जम्ने हिउँलाई पनि पगालिदिनेछ ।

यसका अलावा आउने दिनमा यो राजमार्गले विद्युतीय सवारीसाधनको पनि चार्ज गर्नेछ । पुर्वी चीनको शेनडोन्ग प्रान्तको राजधानी जिनानमा बनेको यो राजमार्गको परीक्षणका लागि यातायातका साधन खुल्ला गरिएको छ ।

के छ यसको विशेषता ?
चीनको सीसीटीभी न्युजका अनुसार सोलर राजमार्ग तीन लेयरमा बनाइएको छ। यसमा ट्र्यासलूसन्ट कं‌क्रिट, सिलिकन प्यानल्स र इन्‍सुलेशनको लेयर रहेका छन् ।

यो राजमार्गबाट एकै वर्षमा १० मिलियन अर्थात १ करोड किलोवाट बिजुली उत्पादन हुनेछ । चिसोको मौसममा यसले जमेको हिउँ पगाल्न स्नो मेल्टिन्ग सिस्टम र सोलर स्ट्रिट लाइटलाई पनि बिजुली आपूर्ति गर्नेछ ।

चीनले भविष्यमा यसै राजमार्गमार्फत विद्युतीय सवारीसाधन चार्ज गरिनेछ । यसका लागि राजमार्गबाट निस्कने बिजुलीलाई चार्जिङ स्टेशनमा आपूर्ति गरिनेछ ।

कति खर्च लाग्यो ?
एक किलोमिटरको सोलर राजमार्गमा ६३,२०० स्क्वायर फिटको क्षेत्र ढाकिएको छ। चीनको टोङ्गजी विश्वविद्यालयका ट्रान्सपोर्ट इन्जिनियरिङ्गका वैज्ञानिक झ्याङ्ग होङ्गचाओले भने, ‘यो राजमार्गले सामान्य राजमार्ग भन्दा १० गुणा धेरै भार थाम्न सक्छ । तर यसको लागत प्रतिस्क्वायर मिटर ४५८ डलर अर्थात करिब ४० हजार नेपाली रुपैयाँ रहेको छ । जुन सामान्य राजमार्ग भन्दा धेरै महँगो हो ।

अरु देश पनि काम गर्दै
सोलर राजमार्ग निर्माणमा अहिले फ्रान्स, नेदरल्यान्ड जस्ता देश क्रियाशील छन् । अहिले फ्रान्सको एक गाउँमा सोलर प्यानल सडक बनाइएको छ । फ्रान्सले आफ्नो यो सडक विश्वकै पहिलो भएको दाबी गरेको छ। यसलाई फ्रान्सले सन् २०१६ मा बनाएको हो । २०१४ मा नेदरल्यान्डले पनि एक ‘मोटरसाइकल वे’ बनाएको थियो, जहाँ सोलार प्यानल हालिएको थियो । भिडियो हेर्नुहोस्

– अन्नपूर्ण पोष्टबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।