पढ्नुहोस् हस्तमैथुनको इतिहास…

मध्यकालीन युगमा ढुंगा तथा चट्टानमा बनाइएको चित्रले के पुष्टि गर्छन् भने हस्तमैथुन आज मात्र होइन, सदियौं अघिदेखि चल्दै आएको क्रिया हो । माल्टामा बनेको ४० लाख वर्ष इसापूर्व पुरानो मन्दिरको एउटा पेन्टिङमा महिलाले हस्तमैथुन गरिरहेको देखाइएको छ ।

– ऐतिहासिक चित्र वा मूर्तिमा देखिने हस्तमैथुनमध्ये धेरैजसोमा पुरुष आरामदायक मुद्रामा हस्तमैथुन गरिरहेका हुन्छन् । पत्थरमा भेटिने चित्रमा पनि पुरुषले हस्तमैथुन गरेको देखाइएको छ । पाषाण युगमा पुरुषहरू तब हस्तमैथुन गर्थे, जब उनीहरू आराम गर्न जान्थे । यस्तै अवस्था महिलाको पनि छ । करिब डेढ हजार वर्ष पुरानो खजुराहोको मन्दिर वा खण्डरहरूमा हस्तमैथुनका केही क्रिया देख्न पाइन्छ । उक्त क्रियाका क्रममा केही स्थानमा महिलाले पुरुषको लिंग समातेर हस्तमैथुन गरिरहेको देखिन्छ ।

– ६ सय वर्ष इसापूर्वमा मिश्रको इतिहासमा हस्तमैथुनको महत्त्व दर्साइएको छ । ऐतिहासिक चित्रले देखाएको छ कि त्यतिबेला ठूलो संख्यामा पुरुषहरू कुनै खास उपलक्ष्यमा नील नदीको तटमा उभिएर हस्तमैथुन गर्थे र आफ्नो वीर्य नदीमा प्रवाह गर्थे । केही चित्रमा पुरुषहरू नदीको तटमा उभिएर दुई हातले मैथुन गरिरहेको देखाइएको छ । त्यति बेलाका मानिसहरूमा जब ईश्वरले हस्तमैथुन गर्छन्, तब चमत्कार हुन्छ भन्ने विश्वास थियो ।

– मिश्रमा हजारौं वर्ष पहिले नै हस्तमैथुन शारीरिक दृष्टिले स्वास्थ्यवद्र्धक मानिन्थ्यो भने यसलाई सेक्सुअल फ्रस्टेशन मेटाउने साधनका रूपमा पनि लिइन्थ्यो । मिश्रको प्राचीन सभ्यतामा महिलाहरू पनि हस्तमैथुनलाई राम्रो मान्थे ।

– रोमका प्राचीन चित्रमा देखाइएअनुसार जेल सजाय काटिरहेकाहरू हस्तमैथुन गर्थे । प्राचीन मूर्तिबाट यो कुरा जान्न सकिन्छ कि रोममा केवल देब्रे हातले मैथुन गर्ने चलन थियो ।

– एक सभ्यता यस्तो पनि थियो, जसमा हस्तमैथुन पूर्ण रूपले वर्जित थियो । त्यो अफ्रिकी सभ्यता थियो । यतिसम्म कि त्यहाँको भाषामा हस्तमैथुन भन्ने कुनै शब्द नै छैन । यसलाई त्यहाँ अपराध मानिन्थ्यो । यसैगरी मुस्लिम समाजमा पनि हस्तमैथुन वर्जित छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।