ओलीले भने,- ‘५ वर्षका लागि प्रधानमन्त्री पद बाँड्न खोजिनु देश बनाउने होइन बिगार्ने प्रयास मात्र हो’ – भिडियो सहित

प्रचण्डले गरे बामदेवलाई कार्यक्रममै हमला, भने,- बामदेबले जनयुद्धलाई हल्का रुपमा लिनुभयो - भिडियो

काठमाडौँ । वाम गठबन्धनमा आबद्ध दलका अध्यक्षहरुले आफूहरुको एकता र सहकार्यलाई टुटाउने कोशिश भए पनि त्यस्ता प्रयास सफल नहुने बताउनुभएको छ ।

नेकपा (एमाले) उपाध्यक्ष वामदेव गौतमद्वारा लिखित तथा उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा ‘नेपाल नवनिर्माण महाअभियान’ पुस्तकको विमोचन कार्यक्रममा उहाँहरुले स्थायित्य र समृद्धिका लागि आफूहरुको चुनावी तालमेल भएको र जनताले बहुमत दिएकाले त्यसको अवमूल्यन नगरिनेमा जोड दिनुभएको हो ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले सत्ता लम्ब्याउने तथा सानासाना नियुक्ति र रकम वितरणको काममा अल्झिएकामा आपत्ति जनाउँदै यस्तो खेलमा नलाग्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “वाम गठबन्धन सफल हुन नदिन धूमधाम खेल भइरहेको छ, पाँच वर्षका लागि प्रधानमन्त्री पद बाँड्न खोजिनु देश बनाउने होइन बिगार्ने प्रयास मात्र हो ।”

अध्यक्ष ओलीले नेपाललाई आश्रित र दमित मुलुकका रुपमा नभई स्वाधीन मुलुकमा रुपमा अघि बढाउन भारत र चीन दुवै छिमेकीसँग सन्तुलित सम्बन्ध विस्तार गरेर आगामी सरकार अघि बढ्ने जनाउनुभयो । उहाँले नेता गौतमको पुस्तकमा उल्लेख भए झैँ समृद्धिका लागि द्रुत गतिमा विकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने पनि बताउनुभयो ।

नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थायित्व र विकासका लागि वाम गठबन्धनले ल्याएको बहुमत ऐतिहासिक अवसर भएकाले तीव्र गतिमा नेपाल निर्माणको महाअभियान सञ्चालन गर्न होमिनुपर्ने बताउनुभयो ।

उहाँले पुस्तकमा शान्ति प्रक्रियासम्म आफूहरु आइपुग्दाका प्रयासलाई पुस्तकले पर्याप्त समेट्न नसकेको तर आगामी विकासको बाटोलाई राम्रोसँग प्रस्तुत गरेको टिप्पणी गर्नुभयो ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको विकासका लागि क्रान्ति, पर्यटन विस्तार र ऊर्जा विकासमा ध्यान दिनुपर्ने विचार व्यक्त गर्दै पुस्तकले ती पक्षलाई सम्बोधन गरेको बताउनुभयो ।

उहाँले सम्पन्न निर्वाचनमा पैसाको खेल हुनु लोकतन्त्रको दुरुपयोग हो भन्नुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।