युएईमा एक नेपालीद्वारा आत्महत्या !

पुस १७ । रोजगारीका लागि युएई आएका एक नेपालीले आत्महत्या गरेका छन् । युएईको सारजाह अबुशगारामा रहेको हबात अल अरुज रेस्टुरेन्टमा कार्यरत अर्घाखाँची सन्धिखर्कका ३५ बर्षिय नारायणप्रसाद भुषालले आइतबार बिहान आत्महत्या गरेका हुन ।

८ महिना पहिले युएई आएका उनी सिनियर कुकको रुपमा कार्यरत थिए । काम गर्ने ठाउँ नजिकै कम्पनीको कोठामा बस्ने उनले बिहान अन्य कामदारलाई काममा पठाएर झुण्डिएर आत्महत्या गरेका हुन् ।

धेरैबेरसम्म काममा नआएपछि कोठामा बोलाउन जाँदा झुन्डिएको अवस्थामा भेटिएको प्रवासी मञ्च युएईका पुर्व अध्यक्ष प्रकाश कोईरालाले जानकारी दिनुभयो । घटना लगत्तै कम्पनीले प्रशासनलाई खबर गरेको र अहिले थप अनुसन्धान भईरहेको अर्घाखाँची सम्पर्क समिति युएईका अध्यक्ष राजु खड्काले बताउनुभयो । – उमाकान्त पाण्डे/उज्यालो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।