‘भ्रष्टचारी कर्मचारी होशीयार !’
धनकुटा खबर । ‘भ्रष्टचारी कर्मचारी होशीयार !’ भन्ने नाराका साथ धनकुटालाई प्रादेशिक राजधानी बनाउने माग सहित आज क्षेत्रिय प्रशासन कार्यालय र शहरि बिकास तथा भवन निर्माण डिभिजन कार्यालयका अगाडि बिरोध प्रर्दशनका साथै धर्ना गरिएको छ । बिरोध जुलुस मदन चौकदेखि बजार परिक्रमा हुदै क्षेत्रिय प्रशासन कार्यालय पुगि एक घण्टा धर्ना बसेको आन्दोलन परिचालन समितिका संयोजक सुन्दरबाबु श्रेण्ठले बताउनु भयो । धर्ना सकि फर्कने क्रममा बिरोध जुलुस शहरि बिकास तथा भवन निर्माण डिभिजन कार्यालय धनकुटाका अगाडि डिभिजन कार्यालयको बिरुद्ध नाराबाजि गर्दै झुटो प्रतिबेदन दिएको आरोप डिभिजन प्रमुखलाई लगाउदै केहि समय तनाब ग्रस्त बनेको थियो । भिडियो :


