दलाल भन्छ,- सिधा कुरामा गए मारिदिन्छु : नक्कली खेलाडी र कोच बनाई देशको वेज्जत गर्नेको पर्दाफास !

नागरिकता बनाउँदा स्याङ्जामा १ लाख २० हजार घुस, नेपालका नक्कली खेलाडीसहित विलबाटै लाखौको भ्रष्ट्राचार सम्म

काठमाडौं । सर्वसाधारणका समस्यालाई कमाइ खाने बाटो बनाउन सरकारी कर्मचारीहरु मात्रै हैन नवनिर्वाचित जनप्रतिनीधिहरु त अझै एक कदम अघि छन् भन्ने स्याङजाको एक घटनाले पुष्टि गर्दछ ।

वडा अध्यक्षा देखी प्रशासनकै कर्मचारीले १ लाख बढी लिएर एउटै व्यक्तिको फरक फरक नम्बरको दोहोर नागरिकता बनाइदिएका छन् ।स्याङजा छीलुङकी बीमला गुरुङ पहिलो पटक विहे गरेको श्रीमान १२ बर्षसम्म विदेशमानै वेपत्ता भएपछि गाँउमै अर्का व्यक्तिसँग घरजम गरिन् ।

बीमलाले पहिलेकै श्रीमानको नामबाट नागरिकता लिएकी थिइन भने पहिलो श्रीमानबाट जन्मेकी छोरीको जन्मदर्ता पनि उनकै नाम छ । तर श्रीमान वेपत्ता भएकै बेला अर्को विहे गरेकी उनको दोस्रो श्रीमानबाट छोरा जन्मियो ।

बीमलाको नागरिकता पुरानै श्रीमानको नाम भएपछि दोस्रो श्रीमानबाट जन्मिएको छोराको जन्मदर्ता हुन सकेन । उनको पहिलो श्रीमानसँग सम्बन्ध विक्षेच्छद नभएकै कारण उनको दोस्रो विहे दर्ता पनि हुन सकेन भने छोराका जन्मदर्ता पनि भएन ।

जब उनले यो समस्या भिरकोट नगरपालिका वडा ९ का भिम बहादुर गुरुङ र वडा सदस्य कुल बहादुर गुरुङलाई सुनाइन उनिहरुले नागरकिता बनाइदिने तर २० हजार रुपयौँ खर्च लाग्ने बताएको उनको आरोप छ ।

वडा सदस्य गुरुङले वडाबाट सिफारीस बनिसकेकोले पैसा लिएर माथी बुझाइदिने बताएको यो अडियो सुन्नुहोस । उनिहरुले भने अनुसारनै उनले २० हजार रुपयौँ दिइन र केही दिनमा उनले नयाँ श्रीमानको नामबाट नयाँ नागारीकता पाइन । तर उनिसँग पहिलेका श्रीमानका नामको नागरीकता पनि छ ।

केही दिनपछि पुन उनि वडा सदस्य गुरुङले नागरिकता बनाएको स्याङजाका प्रमुख जिल्ला अधिकारीले दोहोर नागरिकता बनाएको थाहा पाएकाले आँफुहरु जेल परेको बताए ।
साथै आँफुहरुलाई जेल मुतm गर्न १ लाख ३५ हजार लिएर आउन लगाए । उनले आँफुले लगाएको गहना बेचेर ऋण गरेर स्याङजा पुगिन तर जेलमा छौँ भनेका वडा अध्यक्षहरु होटलमा पैसा बुझ्न आए ।

जिल्ला प्रशासन कार्यालयका कर्मचारीको मिलेमतोविना यो असम्भव छ । त्यसैले प्रसासन कर्मचारी देखी नागरिकतामा हस्तास्क्षर गर्ने प्रशासकिय अधिकृत सम्म यो सेटिङ मिल्नु पर्छ ।
जिल्ला प्रसासन कार्यालयका स्याङजाका कर्मचारी आनन्द अर्यालले समेत पैसा के कति दिएको हो आउ बसेर कुरा ग¥यौँ भन्दै यसरी फोन गरे ।

अहिले उनको दोस्रो नागरिकता जिल्ला प्रसासन कार्यालय स्याङजाले लिएको छ । वडा अध्यक्ष गुरुङले आँफुहरुको बदानम गरेको भन्दै उन्लाई धम्काउने गरेका छन् । यो सब २ नम्बर सेटिङ चल्दा समेत न उनको छोराको जन्मदर्ता भयो न उनको पैसा रहयो न उनले नागरिकता नै पाइन ।

विश्व च्याम्पियनशिपमा नेपालका नक्कली खेलाडी

भनिन्छ खेलाडी राष्ट्रका गहना हुन् । अन्तराष्ट्रिय स्तरमा हुने खेलहरुमा देशको प्रतिनीधित्व गर्दै खेलाडिहरु सहभागी हुँदा देशको नाम उचो हुन्छ । तर विडम्बना पछिल्लो समय नेपाली खेलकुद क्षेत्र विदेशमा मानव तस्कर गर्ने साधन बन्दै गएको छ ।

क्षमतावान वास्तविक खेलाडिले अवसर नपाइरहँदा खेल क्षेत्र भन्दा बाहिरका व्यक्तिहरुसँग चर्को पैसा असुलेर नक्कली प्रमाण पत्र तथा कागजपत्र तयार पारे खेलाडीको नाममा विदेश पगिरहेका छन् । कतिसम्मकी खेलको बारेमा केही नजानेका व्यक्तिलाई राष्ट्रिय खेलाडी, प्रशिक्षक, टिम म्यानेजर बनाएर विश्वकपमा सहभागी बनाए भने विश्व सामु नेपालको इज्जत के होला ?

तर यस्तै भयो २०१६ डिसेम्बर मा इन्डोनेशियाको बालीमा आयोजित पेंककसिलात मार्शल आर्ट विश्व च्याम्पियनशिपमा । यो खेलमा नेपालका तर्फबाट खेलाडिका रुपमा रुकुमका सुरेन्द्र बिष्ट, प्रशिक्षकका रुपमा कपिलवस्तुका महेश सिंह र टिम म्यानेजरका रुपमा जाजरकोटाका ललितकुमार बानिया सहभागि थिए । उनीहरुसँग आवश्यक सबै कागज थिए तर सबै नक्कली ।

तर टिमका सबै सदस्यलाई पेंककशिलात भन्ने कस्तो खेल हो, कसरी खेलिन्छ केही थाहा थिएन । कारण उनिहरु खेलाडी नभएर खेलाडीको नाममा इन्डोनेशिया, ब्राजिल हुँदै अमेरीका जानका लागेका नेपालीहरु थिए । र उनिहरुसँग ६० लाख रुपयौँ लिएर खेलाडी बनाएका थिए पेंकसिलात मार्सल आर्ट नेपालका अध्यक्ष टिकाराम मोटे बसाई ठकुरीले ।

उद्घानटन खेल नै नेपाल भर्सेस उजबेगस्तान बिच थियो । त्यसको लागि नेपालको प्रतिनीधित्व गरेका सुरेन्द्र बिष्टको नाममा मञ्चबाट बारम्बार घोषणा भयो तर खेलाडीकाक्लिएको भए उजबेगस्तानका राष्ट्रिय खेलाडी ओतावेक नशीमजोनोवको एकै प्राहारमा रिङ आउट हुने निश्चित थियो ।

अन्तराष्ट्रिय ख्याती पाएका खेलाडीसँग नेपालको राष्ट्रिय खेलाडी बनेर रिङमा उत्रिदाँ र एकै प्रहारमा नकआट हँुदा देशको इज्जत कहाँ जाला यहि सोचेर बिष्टले आफ्नो पटक पटक उद्घोष हुँदा पनि नसुने झैँ गरे ।

उद्घाटमा सबै खेलाडीसँगै उनिहरुले पनि नेपाल झण्डा बोकेरै मार्च पास गरे । उनिहरुसँग २ जना वास्तविक खेलाडी पनि थिए तर नक्कली प्रशिक्षक र म्यानेजरका कारण सक्कली खेलाडीले खेल्न पाएनन् ।

यसरी राष्ट्रको वेइज्जत भयो मात्र एक मानव तस्करी गर्ने मानिसको कारण । देशका बेइज्जती अझ थपियो जब च्याम्पियनशिप सकिएपनि उनिहरुलाई टिकाराम मोटे बसाई ठकुरीले आयोजकले दिएको होटलमा ४ महिनासम्म राखेर पैसा नतिरी भागे ।

खास उनिहरुको टिमलाई टिकाराम मोटे बसाई ठकुरीले खेलाडी बनाएर थाइल्याण्ड, इन्डोनेशीया, ब्राजील हुँदै अमेरीका पु¥याउने भन्दै जनही १५ लाख रुपयौँ लिएका थिए । जस मध्ये ३ जनालाई इन्डोनेशिया खेलमा पु¥याएपनि २ जना भने थाइल्याण्डबाटै फर्किएका थिए ।

अहिले टिकाराम मोटे बसाई ठकुरी कम्बोडियामा छन् । आँफुहरुलाई नक्कली खेलाडी बनाएर लाखौँ ठग्नुको साथै देशकै इज्जत माथि दाग लगाउने बिरुद्व संचार माध्यमा जान्छु भन्दा ज्यान मार्ने धम्की दिइरहेका छन् ।

अहिले पनि टिकारामले कम्बोडीयाबाटै खेलाडी बनाएर मानव तस्करी गरीरहेको पीडितहरुको दाबी छ । यतिखेर पनि टिकाराम मोटे बसाई ठकुरी सयौँ नेपालीहरुलाई अमेरीका, बेलायत लैजान्छु भन्दै ठगी रहेका छन् । राष्ट्रको इज्जत र प्रतिष्ठा माथी खेलाबाड गर्ने यस्ता धेरै व्यक्ति र गिरोह खेलकुद क्षेत्रमा छन् ।

संसद सचिवालयमा गाडी बनाएको विलबाटै लाखौको भ्रष्ट्राचार

व्यवस्थापिका–संसद् सचिवालयमा बिग्रीएका गाडी बनाएर लाखौको भ्रष्ट्राचार भएको खुलासा भएको छ । खोज पत्रकारिता केन्द्रले गरेको अनुसन्धनबाट संसद सचिवालयले लिलाम गर्नु पर्ने बिग्रिएका गाडीहरु पनि मर्मत गराएको भन्दै लाखौको भ्रष्ट्रचार गरेको भेटिएको छ ।
बा १ झ् ४४२८ नम्बरको यो ल्याण्डरोभर जीप थन्किएको तीन वर्ष बढी भयो । तर कागजमा अहिले पनि जिप मर्मत भईरहेको छ । आर्थिक वर्ष २०७३÷७४ मा उक्त जीपको मर्मत खर्च १६ हजार ७२४ छ ।

२ लाख ८६ हजार ८६९ लागतमा मर्मत गरिएको बा १ झ ५८६८ नम्बरको मित्सुविसु पजेरो व्यवस्थापिका संसद् सचिवालयको भवन २ अघिको ग्यारेजमा एक वर्षदेखि थन्किएको छ ।
यस्तै गुड्दागुड्दै ८ महिनाअघि थन्काइएका बा १ झ् ५३८२ र बा १ झ् ५३८३ नम्बरका टाटासुमो जीपको आर्थिक वर्ष २०७३÷७४ को मर्मत खर्च क्रमशः रु.१ लाख ६० हजार ४६९ र रु.२ लाख ७८ हजार ७८२ देखाइएको छ ।

संसद्को सवारी साधन शाखाले यी सवै जीपलाई लिलामीको प्रक्रियामा राखेको छ । त्यस्तै, संसद् सचिवालयको दुई नम्बर भवन अगाडिको पार्किङमा एक वर्षदेखि थन्किएको बा १ झ् ५८६८ नम्बरको मित्सुविसी पजेरोको मर्मतमा रु.२ लाख ८६ हजार ८९६ लागेको खर्च विवरणमा उल्लेख छ ।

नयाँ गाडीहरू पर्याप्त हुँदाहुँदै २०७३÷७४ मा दुई वर्षदेखि थन्क्याएर राखिएका चारवटा स्यान्ट्रो कार मर्मत गरियो । बा १ झ् ६६६९ नम्बरको स्यान्ट्रो मर्मतका नाममा रु.१ लाख २० हजार १५३, बा १ झ ६६७० को लागि रु.१ लाख १७ हजार ७१, बा १ झ् ६६७१ को लागि रु.५१ हजार ७० र बा १ झ् ६६७२ को लागि रु.१७ हजार १८१ खर्च भएको देखाइयो ।

यति मात्र होईन व्यवस्थापिका–संसद्ले आर्थिक वर्ष २०७३÷७४ मा ६८ वटा सवारी साधन मर्मतका लागि रु.१ करोड ३२ लाख ९ हजार ६१४ खर्च गरेको छ । त्यसमध्ये बा २ झ १३४८ नम्वरको गाडीलाई मात्र १९ लाख ३४ हजार ४२७ खर्च गरेको छ । संसद सचिवालयको सवारी व्यवस्थापन शाखाका अनुसार सचिवालसंग अहिले बोटर साईकल बाहेक १०९ ओटा गाडीहरु छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।