कांग्रेस नेताहरुलाई नेता नेपालको सुझाब,- अब ५ वर्ष चुप लागेर बस्नुस्

शेरबहादुरजी धेरै चिन्ता नगर्नुस्, विरामी पर्नुहोला

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सरकार छाड्न आलटाल गर्ने कांग्रेसको सानैदेखि लागेको बानी भएको बताएका छन् । उनले भने, ‘जसरी राजा महाराजाहरुले आफूलाई सत्ताधारी ठान्थे, कांग्रेसले पनि ठान्ने गरेको छ ।’ बुधबार रिपोटर्स क्लबले गरेको कार्यक्रममा नेता नेपालले ५ वर्ष चुप लागेर बस्न कांग्रेस नेताहरुलाई सुझाव दिएका छन् । वाम गठबन्धनले सरकार बनाउने भन्दै कांग्रेसबाट रचनात्मक सुझावको अपेक्षा गरेको बताए ।

एमाले नेता नेपालले नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्ने निर्णय भइनसकेको बताए । उद्यपि एमाले अध्यक्ष केपी ओलीको सम्भावना धेरै रहेको बताए । उनले अघि भने, ओली प्रधानमन्त्री बन्ने कुरा अस्वभाविक पनि होइन । तर, माओवादीलाई के लाग्छ थाहा छैन । प्रचण्डजी नै पहिले प्रधानमन्त्री बन्ने हो कि ?’

‘शेरबहादुरजी अत्तालिनु हुँदैन । धेरै चिन्ता नगर्नुस्, विरामी पर्नुहोला’ देउवासँगै रामचन्द्र पौडेलसहित कांग्रेस नेताहरुको नाम लिँदै अघि भने, ५ वर्ष काम गर्न दिनुस् । खबरदारी गर्नुहोला तपाईबाट रचनात्मक सुझावको अपेक्षा गरेका छौं ।’

सरकार गठनमा ढिलाइ भइरहेको भन्दै उनले पार्टी एकता प्रक्रियालाई तिव्रता दिनु पर्ने बताए । बैचारिक, राजनीतिक र सैद्दान्तिक विषयमा छलफल गरेर सहमति र विमतिका विषय तय गर्नु पर्ने भन्दै उनले त्यसमा समस्या नहुने बताए ।

माधवकुमार नेपाल भावी प्रधानमन्त्रीको दावेदार हो कि होइन भन्ने सञ्चारकर्मीको प्रश्नमा नेता नेपालले हाँस्दै भने, ‘म जुलुस लिएर जानुस् भन्दिँन ।’

यद्यपि वाम गठबन्धनमा प्रधानमन्त्रीका लागि मारामार हुन्छ भन्ने अपेक्षा नगर्न आग्रह गरे । ओली, प्रचण्डसँगै झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादलको समेत व्यवस्थापन गर्नु पर्ने भन्दै उनले आपसी छलफल गरेर नेताहरुलाई उचित र न्यायसंगत जिम्मेवारी दिइने बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।