एमाले लम्पसार होईन राष्ट्रिय स्वाभिमान सहित सति साल जस्तो उभिनेछ : नेतृ झाँक्री

काठमाडौं । नेकपा एमालेकी युवा नेतृ रामकुमारी झाँक्रीले एकतापछि एकीकृत पार्टीको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुने बताएकी छिन्। पार्टी एकतापछि दुई पार्टीका अध्यक्षको व्यवस्थापन कसरी हुने भन्नेबारे चर्चा भइरहँदा युवा नेतृ झाँक्री ट्विट गर्दै एकीकृत पार्टीको अध्यक्ष दाहाल हुने उल्लेख गरेकी हुन्। नेतृ झाँक्रीले एमाले अध्यक्ष केपी शर्मा ओली नयाँ सरकारको प्रधानमन्त्री र माओवादी अध्यक्ष दाहाल सिंगो कम्युनिस्ट पार्टीको अध्यक्ष बन्ने बताएकी छिन्। ‘एमाले अध्यक्षलाई प्रधानमन्त्री बनेर स्थायित्व दिन जनताले अनुमोदन गरिसके’, उनले ट्विटरमा लेखेकी छिन्,

तिनीहरु ढुक्क होउन, एमाले लम्पसार होईन राष्ट्रिय स्वाभिमान सहित सति साल जस्तो उभिनेछ, एमाले अध्यक्षलाई प्रधानमन्त्री बनेर स्थायीत्व दिन जनताले अनुमोदन गरीसके, फूट होईन, अब छिट्टै पार्टी एकता हुनेछ र एउटा सिंगो कम्यूनिष्ट पार्टीको अध्यक्ष कमरेड पुष्पकमल दाहाल हुनुहुनेछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।