युट्युवमा छाडा भिडियो बनाउनेहरुलाई रविको झटारो,- तपाईका सन्तानले हेरे भने तिनको आँखामा आँखा जुधाएर त्यसको सामान गर्न सक्नुहुन्छ ?

सभ्य समाजमा नग्नता बेचेर कमाएको पैसाले राम्रा राम्रा लगाउनु होला तर तपाई नांगिएको सबैलाई थाहा भईसेको हुनेछ

काठमाडौं । हिजो आज युट्युब हेरिनसक्नु भएको छ । आ–आफ्ना सामाग्रीको भ्यु बढाउन, सबस्क्राइब बढाउन मानिसहरु गति छाडेर लागि परेका छन् ।
२ अर्थ लाग्ने कुराहरु, अर्धनग्न तस्वीरहरु र गति छाडा निर्लज्ज पनले युट्युबलाई हेर्न नसकिने माध्यम बनाउँदै छ ।

लोकप्रियता हाँसिल गर्न जे पनि गर्न तल्लिन युवापुस्ताहरुको फोहोरी प्रतिस्पर्दा देखेर भन्न मन लाग्छ, यस्ता भिडियो बनाउनेहरु र यस्तो निर्लज्ज अभिव्यक्ति दिनेहरु आफ्ना आमा वुवा, इष्टमित्रका अगाडि कसरी मुख देखाउन सक्छन् होला ।

आज त तपाई नौ जवान हुनुहुन्छ होला तर तपाईले बनाएको भिडियो, सोधेका प्रश्न र दिएका उत्तर युट्युबमा सुरक्षित हुन्छन् र धेरैले त्यसलाई डाउनलोड गरेर पनि राखेका होलान ।

आज तपाइले युट्युबमा राखेको सामाग्री सायद दुर दराजमा भएका तपाईका नाता गोता अविभावकहरुकोे पहुँचमा छैन होला ।

टाढा कतै दुर्गम गाँउमा घाँस दाउर गर्दे गरेकी तपाईकी आमा युट्युवको दुनियाबाट निकै टाढा होलिन तर कुनै दिन तपाई तपाई आफै आमा बन्नु हुनेछ र कसैले डाउनलोड गरेर राखेको त्यो भिडियो तपाईका सन्तानले हेरे भने तिनको आँखामा आँखा जुधाएर त्यसको सामान गर्न सक्नुहुन्छ ?

अथवा कसै कसैलाई लाग्दो हो आँफु एक्सट्रा मोर्डन भईसके, अभिवावकहरु र समाज नै पिछडिएको छ । त्यसैले आइ डोन्ट केयर ।

यो समाज त्यति पिछडीएको पनि छैन जति तपाईहरु भुइमा न भाँडोमा हुनुभएको छ । ग्ल्यामर र भल्ग्यारीटिमा फरक छ ।

सभ्य शिष्ट समाजमा उश्रृङखलता फैलाएर, नग्नता बेचेर र निम्नकोटीका सस्ता र घिन लाग्ने शब्दहरु प्रयोग गरेर कमाएको पैसाले भनेजस्ता कपडा किनेर त लगाउनु होला तर तपाई नांगिएको ती सबैलाई थाहा पाइसकेका हुनेछन् जतिले तपाईको लाज पचेका अभिव्यक्तियुक्त भिडियो भ्यु गरे र सब्सक्राइब गरे ।

तपाईहरुलाई भजन किर्तन गरेको भिडियो बनाउनुस् भनको होइन तर टाइटल र थम्बनेलमा नै अस्लीलता भएको भिडियोले धेरै मानिसलाई लाज मर्नु पारेको छ । धेरै मानिस आफ्नो स्मार्ट फोन आफ्नो परिवारका केटोकेटी देखी बाबुआमा सम्मलाई प्रयोग गर्न दिन्छन् ।

सभ्य यो समाजका हरेक व्यक्तिहरु आज युट्ब्युमा जानै डराउँछन् । बिकृती यसैगरी बढ्ने हो भने प्रहरी प्रशासनले पनि आँखा बन्द गर्न नमिल्ला ।

यो समाज मोर्डन मात्र होइन एक्सट्रा मोर्डन बन्न तयार छ तर लाज पचेका नकचरा÷नकचरीहरुको निर्लज्ज प्रस्तुती हेरेर सँधै लाजले मुख रातो पारेर बस्न सक्दैन । मुख भरीको जवाफ दिएर ती युट्युव च्यानलहरु बन्द गर्न पनि सक्छन् ।

https://youtu.be/DSGQt22iQcA



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।