एकहप्तामा सिड्नीमा ३ नेपालीको मृत्यु !

अष्ट्रेलिया । अष्ट्रेलियाको सिड्नीमा एकसाताको अवधिमा ३ नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा एक विद्यार्थी, एक नेपाली नर्स र एक वृद्ध महिला छन् ।

करिब एक साताअघि सिड्नीको न्युकासल क्षेत्रमा बस्ने नेपाली नर्स तृप्ति पाण्डेको मृत्यु भएको थियो भने गत शुक्रबार आफ्नो परिवारलाई भेट्न सिड्नी आएकी महिला ६१ वर्षिया देवीकुमारी अधिकारीको आउनेक्रममा विमानस्थलमै मृत्यु भएको थियो । यसैगरी सिड्नीको लिड्कममा बस्दै आएकी नेपाली विद्यार्थी अस्मिता रिजाल आफु बस्ने स्थानमा मृत भेटिएकी थिइन् ।

पाण्डे र रिजालले आत्महत्या गरेको आशंका गरिएपनि कोरोनरको रिर्पाेट आएपछि मात्र वास्तविकता पत्ता लाग्ने बताइएको छ । क्यानबेरामा रहेको नेपाली दुतावासले पनि उनीहरुको मृत्यु भएको पुष्टि गर्दै परिवारलाई जतिसक्दो सहयोग पुर्‍याइरहेको जनाएको छ । राजदुत लक्की शेर्पाले घटना दुखद भएको बताउँदै आवश्यक्ता अनुसार आफ्नो तर्फबाट पुरयाउने सबै सहयोग पुर्‍याइरहेको दाबी गरेकी छिन् ।

एनआरएन न्यु साउथ वेल्सका संयोजक तथा उपादक्ष्य नन्द गुरुङका अनुसार पाण्डेको दुई बच्चा रहेको र उनी न्युकासलको सिंगलटनमा बसोबास गर्दै आएकी थिईन भने रिजाल सिड्नीकै लिडकममा बसेर स्थानीय कलेजमा अध्ययनरत थिईन् । गुरुङले विमानस्थलमा मृत्यु भएकी अधिकारीको शव नेपाल पठाईसकिएको र रिजालको शवलाई पनि परिवारको आग्रहमा नेपाल पठाउने तयारी गरिएको जानकारी दिए । घटना दुखद भएको बताउँदै उनले एनआरएनले आफ्नो तर्फबाट पुरयाउनुपर्ने सहयोग तदारुकतासाथ पुर्‍याइरहेको जानकारी दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।