सत्ता लम्बाएर राज्यको ढिकुटीको दुरुपयोग र गलत काम गर्न खोजियो : सचिव ज्ञवाली

सरकार गठनको बाटो खोलियोस्

पोखरा । नेकपा (एमाले)का सचिव एवं प्रतिनिधिसभाका सदस्य प्रदीप ज्ञवालीले निर्वाचनबाट ताजा जनादेश आइसकेकाले नयाँ सरकार गठनको बाटो खोलिदिन आग्रह गर्नुभएको छ ।

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गरी निर्वाचनको मतपरिणाम निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष यथाशीघ्र बुझाउनु पर्नेमा जोड दिनुभयो ।

मतपरिणाम सार्वजनिक नगरी अनेकौँ बहानाबाजी गरेर अल्मल्याउने र सरकारले सत्ता लम्बाएर राज्यको ढिकुटीको दुरुपयोग र गलत काम गर्न खोजेकोमा चिन्ता व्यक्त गर्दै सचिव ज्ञवालीले भन्नुभयो– “यो सरासर जनमतको अवमूल्यन हो ।”

उहाँले एमाले र माओवादी केन्द्रको पार्टी एकता र सरकार गठनको प्रक्रिया सँगसँगै अघि बढ्ने बताउनुभयो ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सदस्य रवीन्द्र अधिकारीले दुई पार्टीबीचको एकीकरणमा कुनै विवाद नभएको र सौहाद्र्रपूर्ण वातावरणमा पार्टी एकीकरण हुने विश्वास व्यक्त गर्नुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।