जनताको मतलाई दराजमा थन्क्याएर नराख : नेम्बाङ

काठमाडौं । एमाले नेता, संविधानसभा अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्बाङले जनताको मतलाई दराजमा थन्क्याएर नराख्न निर्वाचन आयोगलाई चेतावनी दिएका छन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभामा भोजपुरबाट निर्वाचित वाम गठबन्धनका सांसदहरुलाई वाम गठबन्धन भोजपुर–काठमाडौँ सम्पर्क मञ्चले काठमाडौँमा आयोजना गरेको ‘बधाई तथा शुभकामना कार्यक्रम’मा बोल्दै एमाले स्थायी कमिटी सदस्य समेत रहेका नेम्बाङले उक्त कुरा बताएका हुन् । उनले कार्यक्रममा भोजपुरले मुख्यमन्त्री पाउने पनि दाबी गरे ।

‘भोजपुरले प्रदेश नंंं १ को नेतृत्व पाउँछ, यसमा इलामको दाबी छैन’, नेम्बाङले भने, ‘भोजपुरले नेतृत्व पाउने कुरामा मेरो समर्थन र शुभेच्छा छ ।’

कार्यक्रममा बोल्दै नेम्बाङले भने आफूहरूलाई सत्तामा जान कुनै हतारो नभएको तर जनादेशलाई दराजमा थन्क्याउने काम भएकाले विदेशी सामु देशको छवि बिग्रिएको बताए ।
नेता नेम्बाङले देउवा सरकारले सत्ता नछाडेको फाइदा वाम गठबन्धलाई भइरहेको बताउँदै भने, ‘राष्ट्रियसभा निर्वाचन र सरकार गठनको कानुनी साइनो–सम्बन्ध नै नभएको बेला अनेक बहानाबाजीमा सरकारले निर्वाचन आयोगलाई समेत प्रभावमा पारेर आयु लम्ब्याउने षड्यन्त्र गरिरहेको छ ।’ कार्यक्रममा भोजपुर प्रदेश (क) बाट निर्वाचित सांसद तथा एमाले केन्द्रीय सदस्य राजेन्द्रकुमार राईले जिल्लाको विकासमा साथ दिन सबैसँग आग्रह गरे ।

प्रतिनिधिसभाका सांसद माओवादी केन्द्रका सुदन किरातीले वाम गठबन्धनको स्थायी सरकारले मात्र जनताको आवश्यकता सम्बोधन गर्ने भएकाले आफूहरूले चुनावमा जनताको घरदैलोमा गएर गरेको वाचा पूरा गर्न अब ढाँटको राजनीतिबाट माथि उठ्नुपर्ने बताए ।

अर्का सांसद तथा पूर्व सञ्चारमन्त्री, एमाले पोलिटब्युरोे सदस्य शेरधन राईले जिल्लामा सडक, विद्युत, कृषि, पर्यटनको विकास गराउन सांसदहरूको मात्र प्रयास नभई विभिन्न निकायमा रहेका विषय विज्ञहरूको साथ सहयोगको खाँचो औँल्याए ।

कार्यक्रमा माओवादी केन्द्र प्रदेश नं. १ का इन्चार्ज सावित्रीकुमार काफ्ले, एमाले भोजपुर–काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष रेजिन श्रेष्ठ र माओवादी केन्द्र सम्पर्क मञ्चका अध्यक्ष जगवीर राईले नवनिर्वाचित सांसदहरूलाई बधाई दिँदै उनीहरूले भोजपुरको समृद्धिमा सांसदहरूको पहिलो प्राथमिकता रहनु पर्नेमा जोड दिएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।