राजा आऊ देश बचाऊ भन्दै स्थानीयवासीले नारा लगाएपछि (भिडियो सहित)

पूर्वराजा ज्ञानेन्द्र शाह दाङमा

पश्चिम नेपालमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले शुक्रबार दाङको भ्रमण गरेका छन्। दाङमा उनले दुई धार्मिक स्थलको दर्शन पूजा संगै सर्वसाधारणसग भेट गरेका छन्। शुक्रबार दिउँसो दाङ आएका पूर्वराजाले दाङमा सधै आइरहने वातावरण निर्माण हुने अपेक्षा गदै यसैगरी जनतासँग भेट भइरहने अपेक्षा पनि गरेको सुनाए। ‘म दाङमा आउन पाउँदा ज्यादै खुशी छु, पूर्वराजा शाहले भने सधैँ यसैगरी आउन पाइराखु र जनतालाई भेटिरहन पाऊँ।’ स्वागतमा रहेका नागरिक र पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वराजाले यस्तो बताएका हुन्। पूर्व राजा आउने खबर पाएपछि सर्वसाधारण नागरिकहरु स्वस्फुर्त स्वागतको लागि बाटोमा उभिएका थिए। नेपाल शसस्त्र प्रहरी सिमा सुरक्षा कार्यालयमा केहीबेर रोकिएपछि पूर्वराजा ज्ञानेन्द्र बाटोमा कुरेर बसेकाहरुमाझ गाडी चढेर आइपुगे।केहीबेर गाडीमै रोकिएका उनी स्वागतको लागी बाटोमा उभिएका नागरिक देखेपछि झरेका थिए। स्वागतका लागि उभिएकाहरुले देशको नेतृत्व गर्न माग गरेका थिए।

https://youtu.be/XEPUlnbzPyg



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।