बिबादित प्रधानन्यायाधिश पराजुलीलाई अद्दालतमै जुत्ताले हानेका थिए रत्नप्रसादले, यस्तो रहेछ कारण… (भिडियो सहित)

काठमाडौं । बिबादित प्रधानन्यायाधिश गाेपाल प्रसाद पराजुलीको शैक्षिक योग्यता र नागरिकताको चर्चा भैरहँदा अर्को तत्य पनि बाहिरिएको छ । २०४८ सालमा रत्न प्रसाद पराजुलीले उनीमाथि जुत्ता प्रहार गरेको तथ्य बाहिरिएको छ । घटना २०४८ सालका दाजुभाइबीचको जग्गा बिबादमा परेको मुद्धाको पेसी हटाउन माग गर्दै रत्न प्रसाद पराजुली पुनराबेदन अदालत पाटन गएका थिए । त्यतिबेला अहिलेका प्रधानन्यायाधिश गाेपाल पराजुली न्यायाधिश थिए । जग्गा जालसाजी मुद्धामा रत्नप्रसादले पेसी हटाउन भने न्यायाधिश पराजुलीले नमिल्ने जवाफ दिएपछि प्रश्न गरे माथिबाट नै हस्ताक्षर भएर अाइसकेको छ किन मिल्दैन ? पराजुलीले भने अाेए बेवकुफ तेरा बिपक्षीको कुरा सुनिसकियो तैले भनेर हुन्छ पेसी फिर्दा हुँदैन । यसै पनि मुद्धा खेपिरहेका रत्नप्रसाद पनि अाक्रोशमा अाए पराजुली माथि अदालत भित्रै जाइ लागे । उनका छोरा उपेन्द्र पराजुलीले बिगत सम्झदै भने, मेरा बुबाले यसै पनि मुद्धा लागेको उसै पनि लागेको अाक्राेशमा अदालत भित्रै पराजुलाई जुत्ताले बजाइ दिनुभयो । त्यो जुता अझै पनि अदालत मै छ । हेराैँ रत्नप्रसादका छोरा उपेन्द्र पराजुलीसँग बिगुल न्यूजकर्मी सराेज दाहालले गरेको कुराकानी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।