फास्टट्रयाक लाई दुर्तगतिमा अघि बढाऊन यसरी रातोदिन खटिईरहेको छ नेपाली सेना – हेर्नुहोस् भिडियो
काठमाडौंलाई तराईसँग जोड्ने छोटो र महत्वपूर्ण मार्गका रूपमा रहेको काठमाडौं–तराई दुर्तमार्ग (फास्ट ट्रयाक) निर्माणको कामलाई नेपाली सेनाले तीब्रता दिएको छ । सरकारले २०७३ पुष ७ गते कार्यदल बनाएर नेपाली सेनालाई फास्ट ट्रयाक निर्माणको जिम्मा दिएसंगै फास्ट ट्रयाक निर्माण कार्यले गति लिएको हो । बाराको निजगढमा जोडिने यस दु्रतमार्गको कामलाई अगाडि बढाउन सेनाले विभिन्न स्थानमा ५ वटा शिविर खडा गरेर रातोदिन खटिन थालेको छ ।


