धनकुटाको चुलिवनमा भ्यूटावर बन्ने
धनकुटा खबर । धनकुटाको पर्यककिय स्थल चुलिबन पार्कमा भ्युटावर निर्माण गरीने भएको छ ।

धनकुटा नगरपालिका वडा नं.८ मा रहेको सामुदायीक वन भएको चुलिवन डाँडामा धनकुटा नगरपालिकाले ५० लाख रुपैया खर्च गरेर उक्त टावर बनाउन लागेको हो ।

५० फिट अग्लो हुने उक्त भ्युटावर निर्माण पछि धनकुटा बजार र धनकुटाका ५ वटा स्थानिय तहहरुको भुगोल,तमोर नदी र हिम श्रंखलाहरुको अवलोकन गर्न सकिनेछ ।

धनकुटा सदरमुकाम सग जोडिएको चुलिवन, मन्दीमपाखा, देउराली सामुदायीक बन समेटी धनकुटा नगरपालिकाले २०६८ साल देखि पर्यटकीय स्थल निर्माण कार्य सुरु गरेको थियो ।

हाल सम्म बिभिन्न चरण गरी ८० लाख रुपैया खर्च गरी प्रबेशगेट, टिकटघर, प्रतिक्षलय, सिडी र पार्क पदमार्ग लगायतको संरचना तयार गरीसकेको छ ।

नगरपालिकाको बृहत गुरुयोजना अन्र्तरगत साइक्लिङ्ग, आठपहरिया होमस्टे, घोडचढि र प्याराग्लाइडिङ्ग धार्मिक पर्यटन प्रवद्र्धनकालागि किराँतयूमासाम र आठपहरिया संस्कृतिझल्कने पूर्वाधार तयार पार्ने मेयर चिन्तन तामाङ्गले जानकारी दिए ।

पर्यटकीय क्षेत्र चुलीवनको देउरालीमा दृष्यपान गर्दै एक यूवा जोडी


