धनकुटाको निगाले सिमेन्ट उद्योगमा ढुंगामुढा गरेपछि सुरक्षाको माग (विज्ञप्ती सहित)

धनकुटा खबर । स्थानिय बासी र असन्तुष्ट समुहले धनकुटाको निगाले सिमेन्ट माथि ढुंगामुढा गरेपछि उद्योग बाणिज्य संघ धनकुटाले समन्वयन र सुरक्षाको माग गरेको छ ।

उद्योग अनुगमनको शिलसिलामा उद्योग अनुगमनमा आएको बिज्ञ टोली र उद्योगका प्रबन्धक दिनेश पौडेलमाथि शनिबार दिउँसो गालीगलोज र ढुंगामुढा भएको भन्दै बिज्ञप्ती जारी गरेर संघको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

‘बार्ताबाट समस्याको माध्यमबाट निष्कर्ष निकाल्न र प्रशासनलाई उद्योगको सुरक्षा प्रत्याभुत गराउन अनुरोध गर्दछौं ।’ संघका अध्यक्ष उमेश घिमिरेद्वार हस्ताक्षरीत बिज्ञप्तीमा उल्लेख छ ।

जिल्लाको छथर जोरपाटी स्थित सिधुवामा रहेको उक्त धनकुटाको एक मात्र ठूलो उद्योग हो । उक्त सिमेन्ट कारखानाले स्थानियबासीहरुको खेतीबाली र बातावरणमा प्रर्दुषण गरेको भन्दै पटक–पटक तनाव तथा अदालतमा मुद्दा चल्दै आएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।