धनकुटा हिले स्थित ‘श्री रत्न षडेश्वर शिवालय मन्दिर’लाई अब व्यवस्थित गरिने

धनकुटा खबर । धनकुटा १ हिले स्थितको श्री रत्न षडेश्वर शिवालय मन्दिरलाई थप व्यवस्थित गरिने भएको छ ।

धनकुटा नगरपालिकावाट प्राप्त १० लाख वजेटको लागतमा मन्दिरको स्तरोन्नितको काम भईरहेको छ । जसअनुसार अहिले जमिन भागवाट मन्दिरको वरिपरी पर्खाल उठाउने काम भईरहेको छ ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मदन मैनालीका अनुसार मन्दिर स्तरोन्नतीका काम अन्र्तगत तत्काललाई मूर्ति राखिएको तहमा वरिपरी पर्खाल लगाएर आकर्षक हल निर्माण गरिने छ भने मूर्तिलाई यस अघिको तह भन्दा माथि अर्थात दोश्रो तलामा राखीने छ ।

मन्दिर स्तरोन्नतीको कार्य समितिको प्रयास अनुसार थप वजेट जुटेको खण्डमा निरन्तर जारी रहने उहाँको भनाई छ । मन्दिरको जम्मा दुई रोपनी जग्गा मध्ये यसअघि नै आधा भागमा दुई तले भवन निर्माण गरिसकिएको छ ।

सो भवनको भूई तलाको भाग हलको रुपमा प्रयोग हुदै आएको छ भने दोश्रो तला भाडामा लगाएर मन्दिरको लागि आम्दानीको श्रोत भएको अध्यक्ष मैनालीले वताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।