नायिका केकी अधिकारी नेता बनिन् – हेर्नुहोस् भिडियो

केकी अधिकारी अभिनित सामाजिक चलचित्र ‘गाउँकी छोरी’ सार्वजनिक भएको छ । सार्वजनिक सामाजिक चलचित्रमा केकी गाउँपालिका अध्यक्ष बनेकी छिन् । स्थानीय सरकारले गाउँमा ल्याउन सक्ने परिर्वतनलाई यो चलचित्रमा देखाइएको छ । पढ्न शहर पसेकी केकी आफ्नो गाउँको सेवा गर्न राजनितिमा प्रवेश गर्छिन् । स्थानीय निर्वाचनमा परिचित नेतालाई हराउँदै उनी विजय भएर गाउँको सेवा गर्छिन् । नेपाल टेलिभिजनबाट प्रसारण भइसकेको सामाजिक चलचित्र ‘गाउँकी छोरी’ आईतबार युट्युबमा सार्वजनिक भएको हो । दिपक आचार्य र सरोज ओलीको निर्देशनमा बनेको चलचित्रको कथा अभिमन्यु निरवीले लेखेका हुन् । चलचित्रमा केकीसँगै गौरव पहारी, रवि गिरी, सुरविर पण्डित, पल्पसा डंगोल, रमा थपलिया, शारदा गिरी, मुकुन्द आचार्य, शिव गाउँले र विष्णु बुढाथोकीलगायतको अभिनय छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖