अनलाइनबाट आईफोन अर्डर गर्दा आइपुग्यो साबुनको डल्लो !

एजेन्सी । अनलाइन ठगीबारे विश्वभरबाट दैनिक जसो नयाँ नयाँ खबर आइरहन्छन् । यस्तै एउटा समाचार भारतबाट सार्वजनिक भएको छ । अनलाइनबाट आईफोन अर्डर गर्दा कसैको घरमा साबुन आइपुग्यो भने कसैकहाँ डिटर्जेन्ट बार ।

यो पटक यस्तै एयटा घटना भएको छ । एक व्यक्तिले अनलाइनबाट आईफोन किन्दा ५५ हजार भारतीय रुपैयाँ गुमाउनुपरेको छ । ती व्यक्तिलाई नाम चलेको भारतीय अनलाइन बजार फ्लिपकार्टले उनलाई यति ठुलो धोका दिन्छ भन्ने विश्वास पनि थिए ।

मुम्बईका २६ वर्षीय एक सफ्टवेयर इन्जिनियरले एक प्रमुख अनलाइन विक्रेता कम्पनी फ्लिपकार्टले आईफोन-८ को स्थानमा एक डिटर्जेन्ट बार पठाइदिएको आरोप लगाएका छन् । आईफोन अर्डर गर्दा डिटर्जेन्ट बार पठाइदिएपछि अहिले फ्लिप कार्टको आलोचना सुरु भएको छ भने ती युवाले रकम पनि फिर्ता मागेका छन् ।

यस घटनापछि उनी मध्य मुम्बईको बायकुला पुलिस स्टेशनमा गएर फ्लिपकार्टविरुद्ध ठगीको मुद्दा दर्ता गराएका छन् । उजुरी गर्ने तबरेज मेहबुब नगरालीले फ्लिप कार्टको सपिङ पोर्टलमा आईफोन-८ अर्डर गर्दा ५५ हजार भारतीय रुपैयाँ तिरेका थिए । तर २२ जनवरीमा नयाँ मुम्बई नजिकै पनवेलमा रहेको उनको घरमा एउटा प्याकेट आइपुग्यो, जसमा थियो आईफोनको साटो डिटर्जेन्ट बार ।

बायकुला पुलिस स्टेशनका वरिष्ठ पुलिस निरीक्षक अविनाश सिंगटेले भने, ‘नगरालीले उजुरी गरेका छन् । फ्लिपकार्टविरुद्ध ठगीको मामिला दर्ता भएकाले कारबाही अघि बढाएका छौँ । फ्लिपकार्टका एक प्रवक्ताले भने कम्पनीले यस घटनाको जाँच गरिरहेको जानकारी दिएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।