अब दर्शकले ‘भद्रगोल’ हेर्न नपाउने !, यस्तो छ कारण…

काठमाडौं । चर्चित हाँस्यटेलिश्रृखला ‘भद्रगोल’ अब दर्शकले हेर्न नपाउने भएका छन् । नेपाल टेलिभिजनबाट हरेक साता प्रसारण हुँदै आएको यो श्रृखला यो साताबाट प्रसारण नहुने भएको छ ।

‘भद्रगोल’ बन्द भएको जानकारी श्रृखलाका निर्देशक मध्यका एक अर्जुन घिमिरे ‘पाँडे’ले सामाजिक संजाल मार्फत जानकारी गराएका छन् । घिमिरेले श्रृखला सम्बन्धी एक लामो स्टाटस पोष्ट गर्दै दर्शकले अब ‘भद्रगोल’ हेर्न नपाउने जनाएका हुन् ।

आजसम्म ‘भद्रगोल’लाई साथ दिने मिडिया हब, दर्शक प्रति आभार व्यक्त गर्दै घिमिरेले आर्थिक समस्याका कारण श्रृंखला बन्द गर्नु परेको उल्लेख समेत गरेका छन् ।

कार्यक्रमको सम्झौता अनुसार कहिले पनि रकम भुक्तानी भएन । केही कथित ब्यक्तिहरुको मनोमानीले गर्दा कार्यक्रम उत्पादनमा निकै समस्या परेको घिमिरेले बताए । ‘मिडिया हबको कर्मचारी भद्रगोलको निर्देशक भन्दा माथी देखिए ,’ घिमिरेले अगाडि लेखेका छन् ‘केही ब्यक्तिको स्वार्थले कार्यक्रम मनोमानी ढंगले बिगारेर प्रशारण गराइयो ।’
मिडिया हबको ब्यापारलाई उच्च मुल्यांकन गरि दर्शकले चाहेअनुसारको श्रृंखला निर्देशक गरेको समेत उनले दाबी गरेका छन् ।

छोटो समयमै दर्शकको मन जितेर चर्चित बनेको ‘भद्रगोल’ केहि अघि पनि आर्थिक तथा आन्तरिक विवादका कारण बन्द भएको थियो । ‘भद्रगोल‘ करिब ३ वर्षदेखि नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको छ । श्रृखलामा घिमिरेको अलवा कुमार कट्टेल ‘जिग्री’, रक्षा श्रेष्ठ लगायतको अभिनय रहँदै आएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।