ओली–प्रचण्डको गोप्य सहमति बाहिरियो, पार्टी एकता होला त अब ?

काठमाडौं, २३ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच प्रदेश सरकार गठनको लागि मन्त्रिमण्डलमा भागबण्डा मिलाउने सहमति भएको छ ।

पार्टी एकताको आन्तरिक गृहकार्यमा जुटेका वाम गठबन्धनका शीर्ष नेताद्धय ओली र प्रचण्डवीच प्रदेश सरकारमा मन्त्री कसलाई बनाउने ? भन्नेबारे केही दिनयता छलफल भैरहेको उच्च स्रोतको दाबी छ । माओवादीले मुख्यमन्त्रीको टुँगो लगाएको छ ।

माओवादीको भागमा परेको प्रदेश नम्बर ६ र ७ मा उसले मुख्यमन्त्रीको नाम करिब–करिब टुँगो लगाएको छ । ६ नम्बर प्रदेशमा पूर्वमन्त्री महेन्द्र बहादुर शाही र ७ नम्बर प्रदेशमा त्रिलोचन भट्ट बन्ने भएका छन् । माओवादीको कोटामा परेका सभामुखको पनि नाम प्रचण्डले करिब करिब टुँगो लगाएका छन् ।

यता एमालेले आफ्नो कोटामा परेका १, ३, ४ र ५ नम्बर प्रदेशको मुख्यमन्त्रीमा सहमतिमै टुँगो लगाउने भएको छ । प्रदेश नम्बर १ मा सचिव भीम आचार्य र पूर्वमन्त्री शेरधन राईवीच कडा प्रतिष्पर्धा भैरहेको छ । यी दुईमध्ये एक जना मुख्यमन्त्री बन्ने भएका छन् । ३ नम्बर प्रदेशमा राजेन्द्र पाण्डे र अष्टलक्ष्मी शाक्यले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।

४ नम्बर प्रदेशमा पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङवीच प्रतिष्पर्धा देखिएको छ । तर यो प्रदेशमा सहमतिमै आलोपालो चलाउन नेतृत्वले दबाब दिएको छ । ५ नम्बर प्रदेशमा सचिव शंकर पोखरेल नै मुख्यमन्त्री बन्ने पक्का छ ।

प्रदेश सरकार गठनमा मन्त्रिमण्डलमा सहमति करिब करिब भएको वाम गठबन्धनका शीर्ष नेताले जानकारी दिए । उनका अनुसार ३५% र ६५% मा भागबण्डा हुने भएको छ। प्रदेश सरकार गठनपछि केन्द्रिय सरकारमा पनि सहमति खोज्ने सहमति भएको छ ।

केन्द्रिय सरकार बनाउन पनि ६० र ४० को अनुपातमा जाने उनीहरुवीच सहमति भएको खुलासा भएको छ । स्रोतका अनुसार पहिला सरकार गठन गर्ने र त्यसपछिमात्रै पार्टी एकताको विषयमा प्रवेश गर्नेपनि ओली र प्रचण्डवीच गोप्य सहमति भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ओलीलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका छन् । उनीहरुवीच राष्ट्रपतिमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्याउने कि भन्नेबारे समेत हालै छलफल भएको छ । एमालेभित्रै नयाँ व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्नेमा आवाज उठिरहेको छ ।

सभामुखमा माओवादीले पाए पूर्व सभामुख ओनसरी घर्तीमगरलाई नै दोहोर्याउने सम्मको बहस चलेको छ । उपराष्ट्रपति पनि आफ्नो भागमा पाए हालका उपराष्ट्रपति नन्दबहादुर पुनलाई नै दोहोर्याउने भएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।