१ नम्बर प्रदेशका लिम्बुवान सांसदले मतदान नगर्ने, यस्तो छ कारण…

काठमाडौ , २४ माघ । प्रदेश १ मा पनि अन्य प्रदेशमा जस्तै बुधबार बिहान १० बजेदेखि राष्ट्रियसभाका लागि मतदान सुरु भएको छ । संघीय लिम्बुवान मञ्चले भने मतदान नगर्ने जनाएको छ ।

प्रदेश १ मा राष्ट्रिय सभाका लागि ९३ प्रदेशसभा र १३७ स्थानीय तहका २७४ समेत गरी ४११ जना जनप्रतिनिधिहरुले मतदान गर्नेछन् । प्रदेश सांसदको मतभार ४८ छ भने नगरपालिका र गाउँपालिकाका प्रमुख उपप्रमुखहरुको मतभार १८ हुनेछ ।

प्रदेश १ का कुल ९३ प्रदेश सांसदहरुमध्ये वामपन्थी दलहरुको ६७ मत छ भने कांग्रेसका २१ प्रदेश सांसद छन् । बाँकी ५ जना अन्य दलका छन् ।

नेपाली कांग्रेसले कुनै पनि दलहरुसँग गठबन्धन नगरी चुनावमा भाग लिने कांग्रेसका प्रदेश सांसद केदार कार्कीले बताए । प्रदेश १ मा खुल्ला तर्फका केही सदस्यहरु निर्विरोध भइसकेका छन् ।

बुधबार १० बजेदेखि ३ बजेसम्म हुने प्रदेश १ को राष्ट्रियसभा चुनावमा दुई पक्षका उम्मेदवारहरुबीच मतदान भइरहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।