घरको छत माथि गुड्छन् रेल र मोटर !, यस्तो छ चीनको विकास…

बेइजिङ, माघ २४ । भौतिक पूर्वाधार विकासमा चीनले धेरै प्रगति गरिसकेको छ । सिसाको पुल निर्माण गर्नेदेखि लिएर लिकविना नै रेल गुडाउनेसम्मका संरचना निर्माण गरेको चीनले घरभित्र र छतमाथिबाट सार्वजनिक यातायातका लागि बाटो खोलेको छ ।

त्यसो त, चीनमा अन्तर्राष्ट्रिय संचारमाध्यमका लागि समाचार संकलनमा त्यति सहज छैन । धेरै यस्ता स्थान छन्, जहाँ स्वतन्त्रतापूर्वक विदेशी संचारमाध्यमलाई समाचार संकलनका लागि छुट दिइदैंन । त्यसैले यस्ता विकास निर्माणका समाचारमा समेत चिनियाँ सामाजिक संजाल वा चिनियाँ सरकारी समाचार एजेन्सीकै भर पर्नु पर्दछ । हालै एउटा तस्वीर भाइरल भएको छ, जसमा घरको छतमा सडक बनाइएको देखिन्छ । सडकमा केही कार पनि छन् ।

चीनको चोङ्गकिङ्ग सहरमा घरको छत मै सडक बनाइएको हो । घरको छतमाथि बनाइएको सडकबाट सवारी साधन गुडेका तस्वीर चिनियाँ सामाजिक संजालमा भाइरल भएको छ ।

तस्वीरबारे सामाजिक संजालमा विभिन्न प्रतिक्रिया पनि आएका छन् । कसैले सडकमुनी रहेको घरमा बस्दै आएका मानिसलाई कसरी निन्द्रा लाग्दो हो भनेर कौतुहलता व्यक्त गरेका छन् भने कसैले सडकलाई नै थेग्ने घर कति बलियो होला भनेर उत्सुकता प्रकट गरेका छन् ।

यही सहरमा एउटा फ्लाइओभरको तस्वीर पनि निकै भाइरल भएको छ । व्यस्त सडकमा सवारी साधनलाई व्यवस्थित यात्राका लागि यो फ्लाइओभर निर्माण गरिएको हो । फ्लाइओभरमा १५ अलग–अलग लेनका बाटो छन्, जो आठ दिशातिर जान्छन् । एजेन्सी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।