धनकुटाको महाभारतमा ईन्टेक निर्माण कार्य सम्पन्न, ढुङ्गे टोलका ९० घरधुरी लाभान्वित हुने
धनकुटा खबर । धनकुटाको सागुरीगढी गाउँपालिका महाभारत चिम्पुला खानेपानी आयोजनाको ईन्टेक निर्माण कार्य सम्पन्न भएको छ ।
त्यहाँका ढुङ्गे टोलको ९० घरधुरीलाई खानेपानीको सुविधा पुर्याउने लक्षका साथ एक महिना लगाएर १-१ हजार लिटर पानी अट्ने एउटा दुई कोठे र एउटा एक कोठे ईन्टेक निर्माण गरिएको हो ।
क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यलय धनकुटको १६ लाख आर्थिक लागतमा सञ्चालन भईरहेको चिम्पुला खानेपानी आयोजनाको कार्य अन्र्तगत उल्लेखीत दुई वटा ईन्टेक निर्माण र मुहान तार जाली लगायतको कार्यमा ३ लाख वरावर रकम खर्च भएको निर्माण समितिले जनाएको छ ।
अब वाँकी वजेटले ढुङ्गे टोल सिरानमा रिजर्भ ट्याङ्की निर्माण गरिने निर्माण समितिका अध्यष भीम लिम्वुले वताउनुभयो । १२ हजार लिटर पानी अट्ने क्षामताको रिजर्भ ट्याङ्की असार मसान्त सम्म निर्माण गरिसक्ने लक्षका साथ काम शूरु गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।


