राष्ट्रियसभामा पनि वाम-गठबन्धनको वर्चस्व !, कुन प्रदेशमा कति सिट ? – हेर्नुहोस् सूचीसहित
काठमाडौँ । राष्ट्रियसभा सदस्यका लागि बुधबार भएको निर्वाचनको सबै परिणाम सार्वजनिक भएको छ । परिणामअनुसार वाम गठबन्धनको वर्चस्व देखिएको छ । प्रत्येक प्रदेशबाट १ अल्पसख्यक वा आपङ्गता भएका व्यक्ति, १ दलित, ३ महिला र ३ खुला गरी ८-८ जनाको दरले ५६ जना निर्वाचित हुने संवैधानिक व्यवस्था छ । एक महिलासहित तीन जना मन्त्री परिषदको राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ ।
प्रदेश १ : प्रदेश १ मा एमाले ५, कांग्रेस २ र माओवादीले एक सिट जितेको छ । प्रदेश १ मा ६ जना निर्विरोध निर्वाचित भएका छन् भने एक÷एक दलित र अल्पसख्यक वा अपाङ्गको गरी दुई जना निर्वाचन भएको छ ।
परशुराम मेघी गुरुङ- निर्विरोध एमाले । हरिचरण शिवाकोटी -निर्विरोध, एमाले । रमेशजङ्ग रायमाझी -निर्विरोध, कांग्रेस
महिलातर्फ : नैनकला ओझा -निर्विरोध, एमाले । विना पोखरेल -निर्विरोध, माओवादी केन्द्र । सरिता प्रसाईं रायमाझी -निर्विरोध, कांग्रेस
दलिततर्फ: खेमराज नेपाली -निर्वाचित, एमाले अपाङ्ग अल्पसंख्यकतर्फ । अगमप्रसाद बान्तवा राई -निर्वाचित, एमाले
प्रदेश २ : प्रदेश २ मा एमाले १ , संघीय समाजवादी पार्टी २ , राजपा २ र माओवादीले एक सिट जितेको छ । प्रदेश २ मा सबै निर्विरोध निर्वाचित भएका छन् ।
खुला : जीतेन्द्र देव -निर्विरोध, कांग्रेस । रमेशप्रसाद यादव – निर्विरोध, राजपा । सुमनराज प्याकुरेल -निर्विरोध, एमाले
महिलातर्फ : शशीकला दाहाल -निर्विरोध, माओवादी केन्द्र । मुक्ताकुमारी यादव -निर्विरोध, कांग्रेस । प्रमिला कुमारी -निर्विरोध, फोरम नेपाल । अल्पसंख्यक वा अपाङ्गतर्फ । वृषेशचन्द्र लाल -निर्विरोध, राजपा
दलिततर्फ : रामप्रित पासवान -निर्विरोध, फोरम नेपाल
प्रदेश ३ : प्रदेश ३ मा ८ जनाकै निर्वाचन भएको छ ।
महिलातर्फ : उदया शर्मा पौडेल -निर्वाचित, एमाले ३५१० । पार्वती रावल थापा -निर्वाचित, एमाले ३२७६ । धनकुमारी खतिवडा -निर्वाचित, कांग्रेस २३७६
दलिततर्फ : सिंहबहादुर विश्वकर्मा -निर्वाचित, एमाले ६८५८ । अल्पसंख्यक वा अपाङ्गतातर्फ । रामचन्द्र राई -निर्वाचित, एमाले ६८७६
खुलातर्फ : रामबहादुर थापा बादल- माओवादी केन्द्र ३३३६ । बलराम बास्कोटा-एमाले ३४४४ । राधेश्याम खतिवडा-कांग्रेस २५५६
प्रदेश नम्बर ४ : प्रदेश ४ मा एकजना निर्विरोध निर्वाचित भएका छन् । ७ जनाको निर्वाचन भएको छ ।
खुल्ला समुहमा : दीनानाथ शर्मा – माओवादी- १५३० । सुरेन्द्र पाण्डे-कांग्रेस २२६२ । गणेश तिमल्सिना-नेकपा एमाले-१७८२
दलिततर्फ : खिमबहादुर विक-माओवादी केन्द्र-३३९६
अल्पसंख्यक वा अपाङ्गतातर्फ : प्रकाश पन्थ -निर्विरोध, कांग्रेस
महिलातर्फ : विन्दादेवी आले राना- कांग्रेस-२२७४ । दीपा गुरुङ-नेकपा एमाले-१७१६ । शान्ति अधिकारी-एमाले-१५१२
प्रदेश ५ : प्रदेश ५ मा तीन जना महिला निर्विरोध भएका छन् भने ६ जनाको लागि निर्वाचन भएको छ ।
महिलातर्फ : अनिता देवकोटा -निर्विरोध, कांग्रेस । कोमल वली -निर्विरोध, एमाले । मिना बुढा -निर्विरोध, एमाले
दलिततर्फ : रामलखन चमार-निर्वाचित, एमाले
अल्पसंख्यक वा अपाङ्गतातर्फ । राजकुमार कुँवर -निर्वाचित, माओवादी
अन्य सदस्यबाट बिजयी : खिमलाल भट्टराई-नेकपा एमाले । दुर्गा प्रसाद उपाध्याय-नेपाली कांग्रेस । चन्द्र बहादुर खड्का-नेकपा माओवादी केन्द्र
प्रदेश ६ : प्रदेश ६ मा आठै जनाको लागि निर्वाचन भएको छ । छ को मतगणना भइरहेको छ ।
प्रदेश ७ : प्रदेश ७ मा ६ जना निर्विरोध निर्वाचित भएका छन् भने दलित तथा अल्पसख्यक वा अपाङ्गको निर्वाचन भएको छ । एमालेबाट ४, कांग्रेसबाट २ र माओवाद्यी २ जना निर्वाचित भएका छन् ।
अन्य समूहतर्फ : शेरबहादुर कुँवर -निर्विरोध, एमाले । हरिराज चौधरी -निर्विरोध, माओवादी केन्द्र । बद्री पाण्डे -निर्विरोध, कांग्रेस
महिलातर्फ : इन्दु कडरिया -निर्विरोध, एमाले । कमलाकुमारी वली -निर्विरोध, एमाले । तारादेवी भट्ट -निर्विरोध, कांग्रेस
दलिततर्फ : चक्र स्नेही -निर्वाचित, एमाले । अल्पसंख्यक वा अपांगतातर्फ । महेशकुमार महरा -निर्वाचित, माओवादी केन्द्र


