प्रदेश नम्बर १ को माओबादी केन्द्र मा भाँडभैलो, किराती माथि सबैको आक्रोश, प्रचण्डको उपस्थितिमा बैठक बोलाउन माग

मोरङ । माओवादी केन्द्रको प्रदेश नम्बर १ भित्रको विवादले उग्र रुप लिएको छ । पार्टीका २९ पोलिटब्यूरो सदस्य र तीन केन्द्रीय सचिवालय सदस्यले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कै उपस्थितिमा तत्काल प्रदेश सचिवालय बैठक बोलाउन माग गर्दै आएका छन ।

यसअघि माघ २५ र २६ गते बस्ने भनिएको प्रदेश सचिवालयको बैठक स्थगित भएको छ । बैठक स्थगन गर्ने निर्णय भएपछि उक्त कार्य शंकास्पद भएको भन्दै उनीहरूले तत्काल बैठक राख्न माग गर्दै प्रदेश संयोजक, सावित्रीकुमार काफ्लेलाई उनीहरुले पत्र नै बुझाएका छन । ‘पार्टी सञ्चालनको विधि, पार्टीभित्र देखिएको चरम अवसरवाद र अराजकतावाद एवं समग्र विषयमाथि गम्भीर समीक्षा गरेर संसदीय दल र प्रदेश सरकारमा प्रतिनिधित्व गराउने सन्दर्भमा महत्वपूर्ण निर्णय लिनुपर्ने भएकाले अध्यक्ष कमरेड प्रचण्डको उपस्थितिमा बैठक राख्न प्रदेश संयोजक समक्ष जोडदार माग गर्दछौं । पत्रमा उल्लेख गरिएको छ ।

माओवादी केन्द्र र एमाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनको नाममा भाग लिएपछि माओवादी नेता गोपाल किरातीले त्यसैको विरोध गरेका थिए । त्यसपछि निश्कृय बनेका किराती पछिल्लो समय पार्टीको निर्णयविरुद्ध उत्रिएपछि उनलाई कारबाही गर्न माग गर्दै १९ जना पोलिटब्युरो सदस्यले अध्यक्ष प्रचण्डलाई उजुरी पठाईसकेका छन । माओवादी पार्टी पुनर्गठन गर्ने घोषणा गर्दै आएका नेता किरातीले पछिल्लो समयमा पार्टीको प्रदेश इन्चार्ज आफू भएको भन्दै निर्णय प्रक्रियामा सामेल भएका छन् । उनकै सक्रियतामा प्रदेश सचिवलायको बैठक स्थगित भएको बुझिएको छ ।

यसरी बैठकको माग गर्नेहरुमा पेशल खतिवडा, हेमराज भण्डारी, श्रीप्रसाद जबेगु, तिलकबहादुर थापा, धर्मशिला चापागाईं, होमकुमारी खापुङ, शंकर राई, झलकसिंह दर्लामी, मुक्साहाङ मेन्याङ्बो, अस्मिता कार्की, शिवबहादुर बस्नेत, हर्क नेम्बाङ, बाबुराम गौतम र गोपी आछामी ,रामकुमारी चौधरी, दुर्गाप्रसाद चापागाईं, सुदन किराती, राजु आचार्य, गणेश उप्रेती, डम्बर सुवेदी, दुर्गाजयन्ती राई, खेम सुन्दास, रिपु राई, मोहनबहादुर खत्री, हेम कार्की र योगेन्द्र मण्डलको नाम उल्लेख छ ।

यसैगरी पार्टीका सचिवालय सदस्य टंक आङबुहाङ, पूर्वमन्त्री एवं मोरङ ५ का सांसद शिवकुमार मण्डल र पूर्वसांसद पासाङ शेर्पाले समेत स्थगित बैठक बोलाउन माग गरेका छन । यो सँगै माओबादी केन्द्रको प्रदेश नम्बर १ मा भाँडभैलो शुरु भएको पूर्वेली न्यूजमा खबर छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖