अझै खुलेको छैन धनकुटा कांग्रेस पार्टी कार्यालयको ताला !, यस्तो छ कारण…
धनकुटा खबर । आफ्नै पार्टिको सरकार हुँदा पनि प्रादेशिक राजधानी धनकुटा बनाइनु पर्ने आफूहरुको माग सम्बोधन नभएको भन्दै नेपाली कांग्रेस धनकुटाका सभापति सहित सबै पदाधिकारीले सामुहिक राजिनामा दिई बन्द गराएको पाटी कार्यलय अझै खुल्लेको छैन् ।
माघ ६ गते नेपाली काग्रेस धनकुटाक जिल्ला कार्यसमितीको बैठक बसी सभापति अग्नीप्रसाद पौडेल सहित क्षेत्रीय र गाउँ कार्यसमितिका साथै सबै भातृ संगठनका सम्पूर्ण पदाधिकारीले राजिनामा दिएको घोषणा गर्दै पाटी कार्यलयमा ताला लगाएका थिए ।
राजिनामा फिर्ता लिएर पाटीको काममा फर्कन पाटी सभापती एबम् प्रधानमन्त्री शेरबहादु देउवाले आग्रह गरेपनि पाटी नेतृत्व लाई बुझाएको १८ बुदे माग सम्बोधन नभए सम्म पाटीकार्यालमा गरेको ताला बन्दी खुलाउन नसकिने कांग्रेस धनकुटामा सचिब विजय सन्तोषी राईले बताए ।
पाटी र सरकारलाई बुझाएका माग सम्बोधन गर्न विषयमा प्रधानमन्त्रीसंग नियमित सम्पर्क भए पनि ठोस निर्णय नभएको तर बार्ता भने सकारात्मक रहेको राईले जानकारी दिए ।


