मिल्यो माओवादी केन्द्रको भागबन्डा !

काठमाण्डौ, २५ माघ । नेकपा माओवादी केन्द्रको प्रदेश १ संसदीय दलमा भागवण्डा मिलेको छ ।

टंक आङबुहाङ दलको नेता चयन भएका छन् भने प्रदेश सरकारमा पार्टीको नेतृत्व इन्द्र आङबो (मौसम)ले गर्नेछन् । आङबुहाङ प्रचण्ड समूहका हुन् भने आङ्बो गोपाल किराती समूहका हुन् ।

प्रचण्ड समूहले आङबुहाङलाई दलको नेता बनाउन चाहेको थियो । तर, गोपाल किराती समूहले आङबोलाई अघि सारेपछि दुई गुटबीच पदीय झगडा देखिएको थियो ।

बिहीबार विराटनगरमा बसेको संसदीय दल र प्रदेश कार्यालयको विस्तारित बैठकले संसदीय दलको नेता र सरकारको नेतृत्वको जिम्मेवारी बाँडफाँट गरेको छ ।

प्रदेश १ मा माओवादीका १६ जना सांसद छन् । यसबारे थप जानकारी दिन माओवादीले पत्रकार सम्मेलन गर्दैछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।