वैद्य र चन्द नेतृत्वको माओवादीले एकता गर्ने

काठमाडौँ । मोहन वैद्य नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टी एकता अगाडि बढेको जनाएका छन् ।

महासचिवद्वय वैद्य र चन्दले आज संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा दुवै पार्टीका शीर्ष नेताहरु सम्मिलित बैठकले तत्काल कार्यगत एकताको पहल गरी संयुक्त संघर्षलाई अगाडि बढाउने निर्णय गरेको उल्लेख छ ।

राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका साझा समस्यालाई लिएर पहिल्यैदेखि सञ्चालन गरिँदै आएको संघर्षका कार्यक्रमलाई थप व्यवस्थित गर्नका लागि वामपन्थी, प्रगतिशील, देशभक्त शक्तिसित आवश्यक समझदारी बनाई संयुक्त मोर्चा निर्माणका निम्ति शीघ्र पहल गर्ने निष्कर्ष निकालिएको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा राष्ट्रिय स्वाधीनता, जनतान्त्रिक अधिकार र सामाजिक, राजनीतिक तथा आर्थिक क्षेत्रमा आमूल परिवर्तन गर्नका लागि क्रान्तिकारी कम्युनिष्टको एकता अनिवार्य आवश्यकता बन्न पुगेको भन्दै यो प्रक्रियालाई अगाडि बढाउन छिट्टै आवश्यक पहल गर्ने निर्णय गरिएको उल्लेख छ ।

दुवै पार्टी र क्रान्तिकारी धु्रवीकरण एवं एकताको प्रक्रियामा सहभागी हुने क्रान्तिकारी शक्तिले आगामी फागुन १ गते जनयुद्ध दिवस तथा फागुन १४ देखि २१ गतेसम्म शहीद सप्ताहलाई केन्द्र र जिल्लामा संयुक्तरुपमा मनाउने निर्णय गरिएको विज्ञप्तिमा छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।