मुख्यमन्त्री मा ओली पक्षको ‘ह्याट्रिक’, जिल्लिए माधव नेपाल !

काठमाडौं, २६ माघ । एमालेका तर्फबाट प्रदेश सरकारको नेतृत्वमा संस्थापन पक्षको एकलौटी हुने देखिएको छ । पार्टी संसदीय दलको नेता चयनका लागि शुक्रबार भएको प्रदेश १ र ३ को चुनावमा अध्यक्ष केपी शर्मा ओली पक्षले बाजी मारेको छ ।

प्रदेश १ मा शेरधन राई संसदीय दलको नेता चुनिएका छन् । उनले पार्टी सचिवसमेत रहेका प्रदेश संयोजक भीम आचार्यलाई पराजित गरे । आचार्य माधव नेपाल निकट मानिन्छन् ।

प्रदेश १ मा माधव नेपाल पक्षसँग बहुमत छ । तर, टिकट वितरणलगायतका विषयमा चलखेल गरेका कारण आचार्यलाई आफ्नै गुटबाट अन्तर्घात भएको चर्चा एमाले वृत्तमा शुरु भएको छ ।

यस्तै प्रदेश नम्बर ३ मा डोरमणि पौडेलले बाजी मारेका छन् । पौडेल पनि ओली पक्षकै हुन् । उनले नेपाल पक्षको समर्थन प्राप्त पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई पराजित गरे । शाक्य पनि प्रदेश संयोजक हुन् ।

यी दुवै प्रदेशमा एमालेको एकल बहुमत छ । बहुमतप्राप्त पार्टीको संसदीय दलको नेता मुख्यमन्त्री बन्ने संवैधानिक व्यवस्था छ ।

यस्तै प्रदेश नम्बर ५ का भावी मुख्यमन्त्री शंकर पोखरेल पनि ओली पक्षकै हुन् । पोखरेल सर्वसम्मतरूपमा संसदीय दलको नेता चयन भइसकेका छन् ।

प्रदेश ४ को मुख्यमन्त्री को बन्ने भन्ने निश्चित भइसकेको छैन । यस प्रदेशमा पनि ओली पक्षकै नेता एवम् पार्टी सचिव पृथ्वीसुब्बा गुरुङको सम्भावना छ ।

उनीसँगै चर्चामा रहेका किरण गुरुङ उपाध्यक्ष वामदेव गौतम निकट मानिन्छन् । यससँगै अब माधव नेपाल पक्षबाट मुख्यमन्त्री बन्ने सम्भावना टरेको छ ।

मुलुकका ७ मध्ये ४ प्रदेशमा एमालेको नेतृत्वमा सरकार बन्दैछ ।

प्रदेश नम्बर ६ र ७ मा वाम गठबन्धन सहयात्री माओवादी केन्द्रलाई एमालेले मुख्यमन्त्रीमा सघाउने सहमति गरेको छ । प्रदेश नम्बर २ मा मधेसी गठबन्धनसँग बहुमत छ । – लोकान्तर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।