विदेशमा कमाएको पैसा दिगो नहुने देखेपछि कतारबाट फर्किएर गाई पालन शुरु, तीन करोड बढी लगानी (भिडियो सहित)

धनकुटा खबर । आफ्नै ठाउमा पसिना बगाए मनग्नै आम्दानी गर्न सकिन्छ भन्ने उहादहरण बनेका छन् छथरजोरपाटि गाउपालिका वडा नं. ६ नाम्जाङका किसान भरत गुरुङ ।

पैसा कमाउने लालसा लिई छथरजोरपाटि गाउपालिका वडा नं. ६ नाम्जाङका भरत गुरुङ २०५६ सालमा कतारको मरुभूमीमा जानुभयो । विदेशमा कमाएको पैसा दिगो नहुने देखेर  करिव ७ वर्षपछि ४५ बर्षीय गुरुङले आफ्नै गाउँमा नै केही उद्यम गर्ने प्रण गरेर स्वदेश फर्कनुभयो । स्वेदशमा नै केहि गर्छु भन्ने प्रण गरेर २०७० सालमा आफ्नै गाउँ नाम्जाङमा करिव २ करोड लगानीमा मकालु गाईफार्म सुरु गरेको सञ्चालक भरत गुरुङले बताउनुभयो ।

विदेशबाट फर्केरपछि गुरुङले केही वर्ष तरकारी खेती गर्नुभयो । विभिन्न रोगका कारण तरकारी खेतीमा भनेजस्तो आम्दानी नभएपछि उहाले करिव दुई करोड लगानीबाट गाइ फार्म सुरु गर्नुभएको हो । अहिले लगानी तीन करोड रुपैया भन्दा बढि पुगिसकेको उहाले बताउनुभयो । यो फर्मबाट स्वच्छ तथा गुणस्तर दुध उत्पादन गर्ने, व्यवस्थित गोठ बनाउने उद्येश्यले लगानी गरेको उहाले बताउनु भयो ।

उहाले ५० लाख रुपैयाँ खर्चेर ३२ ओटा उन्नत गाई राख्ने क्षमताको आधुनिक फर्म निर्माण गर्नुभएको छ । गाईलाई खुवाउन करिव १५ सय रोपनीमा उन्नत जातको घाँस खेती गर्नुभएको छ ।

सुरुमा इलामबाट उन्नत जातको गाइ ल्याएर व्यवसाय सूरु गर्नुभएका गुरुङसग अहिले होलिस्टेन र जर्सी जातका ७६ भन्दा बढि गाईहरु छन । यो व्यबसायलाइ निरन्तररुपमा मिहनतका साथ गरे स्वदेशमा नै मनग्गै आम्दानी गर्न सकिने हुदा विदेशवाट फर्केका यूवाहरुलाई आफूले जानेको सीप स्वदेशमा नै सदुपयोग गरी उद्यम गर्न उहा सुझाउँनुहुन्छ् ।

स्वदेशमा नै केहि गर्छु भनेर यस्ता व्यवसायमा लागेका कृर्षकलाइ सरकारी तवरबाट दिने सेवासुविधा उपलब्ध नभएको कृर्षकको गुनासो छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।